• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाढीको जोखिम कम गर्न सतर्कता अपनाऔं

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गत बर्षको तुलनामा यस वर्ष नेपालमा छिटो मनसुनले प्रवेश गरेको छ । मनसुनको प्रवेशसगै नेपालका विभिन्न भूभागमा व्यापक वर्षा हुन थालेको छ, र बर्षाको कारण बाढी पहिरो आउँदा जनधनको क्षति हुन थालेको छ । बर्दिया जिल्ला पनि बाढीका दृष्टिबाट सम्वेदनशील ठाउँ हो । कर्णाली नदी र यसबाट छुट्टिएका गेरुवा र ओराही जस्ता भगाला हरुमा बर्सेनी बाढीको जोखिम हुने गर्छ । त्यस्तै बर्दियाको अधिकाङ्श भूभाग बबई नदीको तटीय क्षेत्र अन्तर्गत पर्दछ । नागबेली परेर बग्ने बबई नदीले हरेक बर्सातमा दुःख दिने गर्छ । जिल्लाको पूर्वी सीमामा रहेको मान खोलाले पनि बाढीको जोखिम निम्त्याएको हुन्छ ।

    विगतमा बर्दिया जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएको दृष्टान्त हाम्रो सामु छ । बर्दियामा संचालित कर्णाली नदी व्यवस्थापन आयोजना ,बबई ओराही नदी नियन्त्रण आयोजना जस्ता आयोजनाहरुका कामका कारण केही बर्षयता जिल्ला– मा बाढी र कटानका कारण हुने क्षति तुलनात्मक रूपमा न्यूनीकरण भएको छ तर प्रयाप्त रूपमा काम नहुदा र आवश्यक बजेटको समेत अभाव हुँदा नदी नियन्त्रणका कामहरू प्रभावकारी बन्न सकेका छैनन् ।

    नदीका तटीय क्षेत्रमा अहिले पनि बाढीको जोखिम उच्च छ । त्यसैले सम्भावित विपतबाट जोगिन विपत प्रतिका– र्यका लागि समयमै गृहकार्य हुनु आवश्यक छ । जिल्ला र पालिका स्तरमा रहेका विपत व्यवस्थापन सम्यन्त्रहरुले समयमै सम्भावित जोखिमको पहिचान गर्ने र सोबाट बच्न अपनाउन सकिने उपायहरुको खोजीको कार्यमा तदारुकता देखाउन आवश्यक छ । प्राकृतिक प्रकोप मा–नवीय नियन्त्रणभन्दा माथि र मानवीय शक्तिको सीमा भन्दा बाहिर हुने हुँदा यसबाट उत्पन्न सङ्कटको सामना गर्न सामुहिक प्रयत्न आवश्यक पर्दछ । सरोकारवाला सबै यस विषयमा समयमै सचेत बनौं ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १३:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चाड पर्वमा विकृति विरुद्ध सचेतता अपनाऔ
    वेपत्ता नागरिकका आफन्तका पीडाप्रति राज्य सम्वेदनशील बन्नु पर्छ
    स्वच्छ वातावरणका लागि रुख विरुवाको संरक्षण आवश्यक
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.