• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जंगली जनावरबाट जनधनको सुरक्षा गर्न दीर्घ कालीन समाधान खोजौ

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १५, बिहीबार १३:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पछिल्लो समय यही जेठ १४ गते गुलरिया ५ बालापुरमा चितुवाले आक्रमण गर्दा एक बालिकाको ज्यान गएको छ । बालिकालाई चितुवाले आक्रमण गरेपछि यस क्षेत्रका आम नागरिकहरुले नागरिक सुरक्षा र उचित क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरका छन् । सुरक्षा र क्षतिपूर्तिप्रति स्थानीय प्रशासन सम्वेदनशील देखिएपछि प्रदर्शन रोकिएको छ तर जनताको चासो र समस्या टड्कारो छ । बन्यजन्तुबाट नागरिकहरुले बर्दिया जिल्लाभर निरन्तर जनधनको क्षति व्यहोर्नुपरेको छ । बाघ, हात्ती र चितुवाको आक्रमणबाट नागरिकको ज्यान गएको छ, धेरै नागरिकहरु घाइते तथा अंगभंग छन् । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र र त्यस निकट मध्यवर्ती क्षेत्रमा जंगली जनावरको आक्रमणबाट हुने मानवीय र भौतिक क्षति धेरै नै छ । पछिल्लो समय निकुञ्ज क्षेत्रभन्दा बाहिरका गाउँ तथा बस्तीमा पनि जंगली जनावरको आक्रमण बढ्न थालेको छ । एक प्रकारले पुरै बर्दिया जिल्लाभरि जंगली जनावरको आक्रमणका घटना बढन थालेका छन् ।


    जिल्लामा जुन प्रकारले बाघ र चितुवाबाट मानिसहरूलाई आक्रमण हुने क्रम बढेको छ , त्यसलाई रोक्ने तथा नागरिकको सुरक्षा प्रबन्ध गर्न सक्ने प्रभावकारी योजना ,रणनीति तथा जन–शक्ति स्थानीय प्रशासनसँग छैन । अहिले सदरमुकाम गुलरियामा छ्याप्छ्याप्ती चितुवा देखिन थालेको छ, केही समय अगाडि सन्तोषी टोल क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालिका ले ज्यान गुमाएकी थिइन् । यस अघि बबई बहुमुखी क्याम्पस परिसरमा चितुवा देखिदा त्यो क्षेत्रमा सन्त्रास छाएको थियो । जिल्ला सदरमुकाममा बाघ वा चितुवालाई नियन्त्रणमा लिने जनशक्ति र प्रबिधि दुबै कुराको उपलब्धता छैन । अहिले हाम्रो सामु यो समस्या चुनौतीको रूपमा देखा परेको छ । सदरमुकाम छेउछाउमा बढ्दो बन क्षेत्र, उखु लगाएत केरा खेती, सीमावर्ती क्षेत्र भारतमा घना जङ्गल आदि कारणले अहिले यो क्षेत्र जंगली जनावरको ओहोरदोहोर हुने क्षेत्र बनेको छ । चुनौतीको रूपमा देखिएको जंगली जनावरबाट जनधनको क्षति र त्यसबाट सुरक्षा अहिले हाम्रो लागि चुनौती बनेको छ । यो समस्याको स्थायी र दीर्घकालीन समाधान खोज्न सरोकारवाला पक्ष समयमै कृयाशील हुन आवश्यक छ ।

    Post Views: 193
    प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार १३:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चाड पर्वमा विकृति विरुद्ध सचेतता अपनाऔ
    वेपत्ता नागरिकका आफन्तका पीडाप्रति राज्य सम्वेदनशील बन्नु पर्छ
    स्वच्छ वातावरणका लागि रुख विरुवाको संरक्षण आवश्यक
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.