काठमाडौँ / नेपाली कांग्रेसका सांसदहरूलाई पार्टीले सचेतना तालिम दिने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुका लागि “संसदीय सचेतना कार्यक्रम” राखिएको हो ।

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको अनिवार्य उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।
कार्यक्रम शनिबार बिहान ११ बजेदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा हुनेछ ।
यस्तो छ पार्टी कार्यालयको विज्ञप्तिः
चैत्र १३, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते बसेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुका लागि “संसदीय सचेतना कार्यक्रम” देहायको मिति, समय र स्थानमा हुने भएकोले प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।
कार्यक्रम
मिति ः २०८२ चैत्र १४ गते शनिबार
समय ः बिहान ११ः०० बजे
स्थान ः नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुर ।
साभार हाम्राकुरा




