• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आजदेखि देशका धेरै ठाउँमा वर्षा, हावाहुरी र असिनाको सम्भावना

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १३, शुक्रबार १२:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव शक्तिशाली बनेसँगै आज शुक्रबारदेखि देशभरिको मौसममा उल्लेख्य बदलाव आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि शनिबार देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ र असिना पर्ने सम्भावना रहेको छ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि नै बदली सुरु भइसकेको छ। हिजो गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोट लगायतका जिल्लामा वर्षा भइसकेको छ भने यो क्रम आज रातिदेखि थप बढ्ने देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज देशको हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

    शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

    विभागले हावाहुरी, असिनापानी र चट्याङबाट हुन सक्ने जोखिमबाट जोगिन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ। विशेष गरी पदयात्रामा रहेका पर्यटक र खेतीपातीको काममा रहेका किसानहरूलाई सतर्क रहन सुझाइएको छ।

     

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 91
    प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.