• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रधानमन्त्री बालेनको महोत्तरीस्थित पुर्ख्यौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १३, शुक्रबार ११:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुर । प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलका नेता वालेन्द्र साह बालेनको महोत्तरीस्थित पुर्ख्यौली गाउँ एकडारामा आज उत्सव मनाइने भएको छ ।

    बालेनले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुशीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।

    कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिशबाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्षित छन् ।

    एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुशी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले गाउँमा रंग अबिर खेल्ने र बेलुकीपख हरेक घर एवम् चोकमा दियो बाल्ने बताइन् ।

    अर्का स्थानीयवासी अरुणकुमार साहका अनुसार बालेनले विगतदेखि नै गर्दै आएको कामले एकडारा गाउँको नाम देशभरि चिनाएको छ । बालेनले हालसम्म आफ्नो गाउँको लागि केही नगरे पनि उनको बुबा, हजुरबुबाले गाउँको विकासका लागि उल्लेख्य कामहरु गरेका छन् ।

    बालेनले गाउँ आउने वाचा गरेको र एकडारा गाउँको लागि पनि पक्कै नै विकासका कामहरु गर्नेमा विश्वस्त रहेको साहले बताए ।

    एकडारा गाउँको लागि आजको दिन गर्वको दिन रहेको स्थानीयवासीहरु बताउँछन् । एकडारा महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै बर्दिवाससम्म पुग्ने मुख्य वैकल्पिक बाटो भएकाले, आज यहाँ हुँदै आवतजावत गर्नेहरुलाई लड्डु खुवाउने स्थानीयहरुको भनाइ छ ।

    उनीहरुले आज गाउँभरि दिप प्रज्ज्वलन गर्ने बताएका छन् । बालेनले आज प्रधानमन्त्रीको शपथ ग्रहण तथा पदभार गर्ने भएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बालेनले झापाबाट नेकपा एमालेका केपी शर्मा ओलीलाई उनकै क्षेत्रबाट हराएर जित हासिल गरेका थिए ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 114
    प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ११:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.