• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निर्वाचन बहिष्कार गर्दै एन्फा अध्यक्षका प्रत्यासी दीर्घ केसी

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ/ अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार झापामा हुने निर्वाचनका अध्यक्षका प्रत्यासी दीर्घबहादुर केसी (कुमार) ले भाग नलिने घोषणा गरेका छन् ।

    राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशन विपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको भोलिपल्ट बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै निर्वाचन बहिष्कार गरेका हुन् ।

    उनले भने, ‘खेलकुद परिषदले निलम्बन गरेर यो निर्वाचन बैध छैन भनेको अवस्थामा हामी निर्वाचनमा भाग लिन जादैनौँ भनेर साथीहरूले सल्लाह गर्यौँ । यो निर्वाचन व्यक्तिगत स्वार्थका लागि भएको जस्तो देखिन्छ । निर्वाचन आउँदै गरेको एएफसी र फिफाको निर्वाचनका लागि नेपालबाट प्रतिनिधि जानका लागि मात्र गरेको जस्तो लाग्छ । त्यही कारण पनि हामी निर्वाचनमा भाग लिँदैनौँ।’

    साथै उनले आजको दिनसम्म पनि आफू उम्मेद्वार भएर पनि निर्वाचन हुने स्थान थाहा नभएको बताए ।

    उनले भने, ‘आजको दिनसम्म पनि हामी उम्मेद्वार हो तर निर्वाचन हुने स्थान कहाँ हो हामीलाई थाहा छैन ।’

    वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्बाङसँग उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तय थियो ।

    यस्तै वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार सुन्दर नरसिंह जोशीले पनि निर्वाचनमा भाग नलिने भएका छन् । उपाध्यक्षका उम्मेद्वार सरस्वती क्लबका उत्तम भण्डारी पनि सहभागी नहुने भएका छन् ।

    निर्वाचनमा हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि भाग नलिने पत्रकार सम्मेलनमा बताए ।

    फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबका प्रतिनिधि पनि निर्वाचन बहिष्कार गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित थिए ।

    यसअघि बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको थियो ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 136
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १६:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.