• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जेन–जी आन्दोलनमा पति गुमाएकी अम्बिका भन्छन्: दोषीलाई कडा कारबाही गरिनुपर्छ

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १२:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ /जेन–जी आन्दोलनमा मृत्यु भएको सन्तोष विश्वकर्माका परिवारले भदौ २३ गतेको घटनाको जिम्मेवार तत्कालीन नीतिस्तरका सबै, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक तथा सुरक्षाकर्मी र तीनका कमाण्डर लगायत भएको बताएका छन्त ।

    जेन–जी आन्दोलनको क्रममा मृत्यु भएका सन्तोष विश्वकर्माकी श्रीमती अम्बीका विश्वकर्माले जाँचबुझ आयोगमा दिएको बयान अनुसार घटनाको जिम्मेवार तत्कालीन नीतिस्तरका सबै, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक तथा सुरक्षाकर्मी र तीनका कमाण्डर लगायतका सबै भएको बयानमा बताएकी छिन् ।

    बयानमा सन्तोषकी पत्नी अम्बिकाले आफ्ना पतिमाथि बिना कुनै चेतावनी गोली प्रहार गरिएको आरोप लगाएकी छन् । उनका अनुसार मजदुरी गर्दै आएका विश्वकर्मा आन्दोलनमा स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए ।

    घटनाको दिन बिहान करिब १० बजेर ३० मिनेट जादासम्म अन्तिम पटक सम्पर्क भएको बताएकी छिन् । साथै भदौ २३ गते प्रदर्शनका क्रममा गोली लागेपछि आन्दोलनमा रहेका व्यक्तिहरूले नै उनलाई अस्पताल पुर्‍याएको जनाएकी छिन् ।

    तर उपचार सुरु हुनुअघि नै सोही दिन उनको मृत्यु घोषणा गरिएको थियो । उनको पोष्ट मार्टम रिपोर्ट प्राप्त नभएको तर उपचारको क्रममा कुनै लापरबाही नभएको जनाएकी छिन् । उनले सुरक्षाकर्मीको आक्रामक र दमनकारी रुपमा बिना चेतावनी नै गोली चलाएको आरोप अम्बिकाको छ ।

    बयानमा उनले दोषीमाथि कडा कारबाहीको माग गरेकी छिन् । घटनापछि परिवारले नेपाल सरकारबाट १५ लाख रुपैयाँ राहत पाएको तर घटनाबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यस्ता घटना दोहोरिन नदिन सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजनामा राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।

     

     

     

    साभार कान्तिपुर

    Post Views: 96
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १२:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.