• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘लिडरसिप एकेडेमी’ स्थापना गर्दै कांग्रेस, उम्मेदवार हुन तीन महिना पढ्नुपर्ने

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार ११:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले ‘लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ।

    सभापति गगन थापाको अध्यक्षतामा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको हो।

    पार्टीले आन्तरिक र सार्वजनिक नेतृत्व विकासका लागि निश्चित पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन गर्नेछ।

    यो एकेडेमी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहनेछ।

    कांग्रेसको इतिहास, आदर्श, विचार, ध्येय लगायत पार्टीको आर्थिक नीति, विकास नीति, सामाजिक नीतिका विषयमा पार्टी सदस्यलाई प्रशिक्षित गर्ने तयारी छ।

    पार्टीमा क्रियाशील रहेका र नवीकरण हुने सदस्यलाई पार्टीको नीति, कार्यक्रम र प्राथमिकता र अद्यावधिक नीतिगत विषयबारे पुनर्ताजगी तालिम प्रदान गर्ने काम पनि एकेडेमीको  हुनेछ।

    पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिलाई अनुशिक्षण गर्ने र पाठ्यक्रम तयार गरी पार्टीको तर्फबाट जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भूमिकामा जिम्मेवारी लिन चाहने व्यक्तिहरूलाई उक्त जिम्मेवारीसँग जोडिएको आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकासका लागि कक्षा सञ्चालन गर्ने तयारी छ।

    ‘सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा तीन महिना अगाडि पब्लिक पोलिसी कक्षा अनिवार्य लिनुपर्ने छ,’ केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ, ‘कांग्रेस लिडरसिप एकेडेमीमार्फत निश्चित कक्षा पूरा गरे नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट र जिम्मेवारीसँग जोडिनेछ।’

     

     

     

    साभार सेतोपाटी

    Post Views: 52
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार ११:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.