• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मापसे गरेर सरकारी बाइकमा सरर

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जुम्ला / जुम्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको घटना बाहिर आएको छ । सरकारी नम्बर प्लेटको मोटरसाइकल (बाइक) गुडाउने व्यक्ति नै मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा भेटिएपछि राज्य संयन्त्रभित्रको लापरबाही र गैरजिम्मेवारी देखिएको छ ।

    आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियमित मापसे चेकजाँच गर्ने क्रममा क१ब १८६ नम्बरको बाइक नियन्त्रणमा लिएको थियो । प्रत्यक्षदर्शीका अनुसार उक्त बाइकमा सवार व्यक्ति मादक पदार्थ सेवन गरेर लर्बराएको अवस्थामा थिए । ट्राफिक प्रहरीले आवश्यक कारबाही स्वरूप जरिबाना तिराएर छाडे पनि घटनाले गम्भीर प्रश्न उठाएको छ ।

    सरकारी बाइकमा मापसे गरेर सडकमा हुइँकिने व्यक्ति को हुन् भन्ने खुल्न सकेको छैन । उक्त बाइक कुन कार्यालयको हो भनेर सोध्दा सवार व्यक्तिले ‘मलाई थाहा छैन’ भन्ने जबाफ दिएका छन् ।

    सरकारी नम्बर प्लेट भएको सवारी चलाउने व्यक्तिलाई नै स्रोत र जिम्मेवारीबारे जानकारी नहुनु आफैँमा शङ्कास्पद देखिन्छ । सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग हुनु नौलो होइन, तर मापसे गरेर सडकमा कुदाउनु भनेको राज्यकै सम्पत्तिको चरम दुरुपयोगमात्र होइन, प्रचलित कानुनको ठाडो उल्लङ्घन पनि हो ।

     

     

     

     

    साभार/रातोपाटी

    Post Views: 160
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १७:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.