• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा प्राधिकरणको डोजर

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १५:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकामा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ । टोखा नगरपालिकाको वडा नम्बर ७ स्थित दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनाहरूमा प्राधिकरणले डोजर चलाएको हो ।

    प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयका अनुसार उक्त क्षेत्रमा करिब १० रोपनी जग्गा अतिक्रमण गरी टहराहरू निर्माण गरिएका थिए । ती संरचनाहरू हटाउन प्राधिकरणले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना भत्काइएको हो ।

    रातोपाटीसँग कुरा गर्दै प्राधिकरणका एक अधिकारीले यो अतिक्रमण धेरै अगाडिदेखि नै रहेको र हटाउन लामो समयदेखि प्रयास भइरहेको बताए । उनका अनुसार प्राधिकरणले पछिल्लो पटक २०८२ साल असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरेको थियो । तर, स्थानीय तह र सम्बन्धित व्यक्तिहरूले उक्त सूचनाको बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरी बल प्रयोग गरिएको हो ।

    प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाएर भाडा असुली धन्दा भइरहेको थियो । सार्वजनिक जग्गा व्यक्तिको लाभका लागि प्रयोग भएको पाइएपछि प्राधिकरणले कठोर कदम चालेको हो ।

    यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बुझिएको छ । केही सञ्चारमाध्यम र उजुरीहरूमा वडा नम्बर ७ का जनप्रतिनिधिको समेत संलग्नता रहेको चर्चा चलेको थियो ।

     

     

     

    साभार रातोपाटी

    Post Views: 119
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १५:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.