• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका सुरज सोलुखुम्बुमा मृत फेला, परिवारमा बिचल्ली

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १२:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया / हाइड्रो पावरमा मजदुरी गर्न गएका युवक मृत फेला परेपछि परिवार विक्षिप्त बनेको छ । गुलरिया नगरपालिका–५ सुहेलवाका २९ वर्षीय सुरज थारु सोलुखुम्बुस्थित नदीको किनारमा गत मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

    बेपत्ता भएको २५ दिनपछि मृत अवस्थामा फेला परेपछि उनको सिङ्गो परिवार यतिबेला शोकमा डुबेको छ । कमाउन गएको छोरा मृत फेला परेको खबरले सुरजको हजुरबुवा–हजुरआमा छिनछिनमा मूर्छित हुने गरेका छन् । उनको शव शनिबार दाहसंस्कार गरिएको छ । घटनाको सत्यतथ्य नखुल्दा परिवार शोकमा डुबेको हो ।

    गत माघ २९ मा सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–२ चाक्चुङस्थित सिल पावर हाइड्रो पावरमा सुरज ज्याला मजदुरी गर्न गएका थिए । गाउँकै रजरानी थारुले भाइलगायत गाउँका अन्य चार–पाँच जनालाई हाइड्रोपावरमा काम गर्न लगेकी मृतकका माइलो दाइ परजय थारुले बताए । ‘फागुन पहिलो साता काम गर्ने क्रममा लडेर भाइको नाक र मुखमा चोट लागेको खबर आयो,’ उनले भने, ‘दुई–तीन दिन भइसक्दा पनि कसैले औषधि गरेन भनेर भाइले फोन गर्दा घर आउन भनेका थियौं । घर आउन हिँडेको भाइ बाटोमै बेपत्ता भएको थियो ।’

    ‘ट्रक चालकसँग सम्पर्क गर्दा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–२ अधेरीस्थित एक होटलमा खाना खाएर सोही ठाउँमै राती ट्रकमै सुतेको र रातिबाट भाइ एक्कासि बेपत्ता भएको जानकारी दियो । भाइले काम गर्ने हाइड्रो पावर र ठेकेदारले खोजी नगरेपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिए । बर्दिया प्रहरीले सोलुखुम्बु प्रहरीलाई पत्राचार गरेर खोज्न आग्रह गरेको थियो,’ उनले भने ।

    फागुन ९ गतेदेखि बेपत्ता भएको भाइको शव सडिसकेको अवस्थामा चैत ३ गते भेटिएको उनले बताए । ‘घटना कसरी भयो, अझैसम्म खुलेको छैन । भाइलाई जैजाने गाउँकै व्यक्ति, ठेकेदार र हाइड्रो पावर गैरजिम्मेवार बन्दा हामीलाई पीडामाथि झन् पीडा थपिएको छ,’ उनले भने ।

    मृत अवस्थामा फेला परेको खबर आउनासाथ मृतकका ठूलो दाइ अजयसहित चार जना सोलुखुम्बु पुगेका थिए र शनिबार ठेकेदार कम्पनीसँग समझदारी गरेर शव दाहसंस्कार गरिएको थियो ।

    पावर हाउस बनाउन ठेकेदारमार्फत बर्दियादेखि सात–आठ जना कामदार काम गर्न आएको सिल पावर प्रालि सोलुखुम्बुका कर्मचारी सीताराम खरेलले बताए । ‘काम गर्ने ठाउँमा घटना भएको भए कम्पनीले जिम्मा लिन्थ्यो,’ उनले भने, ‘तर काम भइरहेको ठाउँदेखि ३२ किलोमिटर टाढा घटना भएकाले कम्पनी र ठेकेदारले जिम्मा नलिने कुरा भयो । पछि पीडित परिवार, कम्पनी र ठेकेदार बसेर कुराकानी भएपछि सहमति भयाे ।’

    ‘मान्छे बेपत्ता भएको खबर पाएदेखि निरन्तर खोजतलास गरिरहेका थियौं,’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी मनोजित कुँवरले भने, ‘बेपत्ता भएको ठाउँदेखि अलि टाढा नदीको किनारमा चैत ३ गते शव फेला पर्यो, कानुनी प्रक्रिया पूरा गरी शव दाहसंस्कार गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान पनि गरिरहेको छ ।’

     

     

    साभार कान्तिपुर

    Post Views: 102
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.