• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मोहन आचार्य : लगातार तेस्रोपटक जनअनुमोदित

  •  
  • २०८२ फाल्गुन २८, बिहीबार २२:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर कांग्रेसका धेरै उम्मेदवार पराजित भइरहेका बेला रसुवाबाट कांग्रेसका मोहन आचार्य भने लगातार तेस्रोपटक निर्वाचित भएका छन् ।

    कांग्रेसबाट प्रत्यक्षमा विजयी १८ जनामध्ये लगातार निर्वाचित हुने अवसर यसपटक उनले पाएका छन् । त्यसो त मनाङबाट निर्वाचित टेकबहादुर गुरुङको संसदीय यात्रा पनि योसहित तेस्रो हो । तर, उनी लगातर छैनन् ।

    ०७० सालको संविधानसभामा निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका गुरुङ ०७४ मा वाम गठबन्धनका सामुन्य पराजित भए । ०७९ देखि भने उनी पनि निरन्तर निर्वाचित भइरहेका छन् ।

    आचार्यले भने ०७४ कै वाम गठबन्धनका बेला संसदीय यात्रा सुरु गरेका हुन् । त्यतिबेला पनि कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिँदा रसुवाबाट उनले शानदार ‘इन्ट्री’ गरेका थिए ।

    प्रतिस्पर्धीभन्दा ५ हजार मत बढी

    आचार्यले निकटतम् प्रतिस्पर्धीले भन्दा झन्डै ५ हजार मत बढी ल्याएर ‘ह्याट्रिक’ गरे । उनले १० हजार ६ सय ५६ मत ल्याउँदा रास्वपाका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत मात्रै ल्याए ।

    सीमावर्ती तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रबाट लगातार चुनाव जित्नु केवल दलगत शक्ति मात्र होइन । बलियाे संगठन, व्यक्तिगत प्रभाव र स्थानीय मुद्दामा केन्द्रित रहने उनको शैलीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

    आचार्यको जन्म २९ चैत २०३३ मा रसुवाको उत्तरगया गाउँपालिका-५ लहरेपौवामा भएको हो । भगौलिक विकटता र सीमित अवसरबीचमा उनी हुर्किका हुन् । उनी सिभिल इन्जिनियर समेत हुन् । सिभिल इन्जिनियरिङको अध्ययन सकेपछि आचार्य सरकारी जागिरतिर आकर्षित भएनन् । निर्माण क्षेत्रमा हात हाले । उनकै नेतृत्वको रसुवा कन्स्ट्रक्सन कम्पनी ‘क’ श्रेणीमा पर्छ ।

    निर्माण व्यवसायसँग सम्बन्धित अनुभवले विकास निर्माणका मुद्दामा उनको चासो बढी देखिने गरेको छ । यसको नकरात्मक पाटो पनि छ । राजनीतिज्ञ र व्यवसायबीचको सम्बन्धका कारण उनीमाथि बेलाबखत पारदर्शीता र स्वार्थको द्वन्द्वका प्रश्नहरू पनि नउठेका होइनन् । तर, त्यसबाट उनी केही हदसम्म बच्दै आएका छन् ।

    रसुवाको राजनीतिक नक्सा हेर्दा व्यक्तिगत पहुँच र स्थानीय सम्बन्धले चुनावी परिणाममा ठूलो भूमिका खेल्ने गरेको छ । सानो संख्यामा रहेका मतदाता, समुदायगत सम्बन्ध र प्रत्यक्ष सम्पर्कले निर्वाचनमा ठूलो काम गरेको हुन्छ । जसलाई बुझेर पछ्याएकाले उनी पछि हट्नु परेको छैन ।

    राजनीतिले राष्ट्रिय मुद्दाभन्दा स्थानीय विकास र सेवा प्रवाहलाई बढी प्रभावकारी बनाउने उनको बुझाई छ । यही राजनीतिक संरचनालाई बुझेर स्थानीय तहसँग समन्वय, सडक तथा पूर्वाधार विस्तार तथा सीमा व्यापार सुधारलाई आचार्यले प्राथमिकतामा राखेकाले मतदाताले रुचाउँदै आएको स्थानीय कांग्रेस नेताहरू बताउँछन् ।

    रसुवा चीनसँग सीमा जोडिएको जिल्ला समेत हो । व्यापार, पूर्वाधार विकास र विपद् व्यवस्थापन यसका मुख्य चूनौती हुन् । सडक सञ्जाल, सडकको स्तरोन्नति र पुल निर्माणलाई उनले प्राथमिकतामा राख्दै आएका छन् । यसपटकको निर्वाचनमा पनि यिनै विषय उनको राजनीतिक एजेन्डा बनेका थिए । उनले राष्ट्रिय नीति र एजेन्डाभन्दा पनि जिल्लाको आवश्यकतामा आधारित स्थानीय मुद्दाहरूलाई जोड दिए । संसदमा समेत पर्यटन, कृषि, जलविद्युत् र पूर्वाधार विकासमा आवाज उठाउँदै आएका छन् । जसले उनको यात्रामा ‘ब्रेक’ लागेन । तेस्रोपटक जनअनुमोदित भए ।

    विद्यार्थी कालबाटै राजनीतिक यात्रा  

    उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका नेता हुन् । प्रारम्भिक चरणमै संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र स्थानीय मुद्दामा सक्रिय उनले जिल्लामा परिचित हुँदै केन्द्रीय नेताहरूसँगको पहुँच विस्तार गरे । त्यही पहुँचबाट पूर्वसभापति शेरबहादुर देउवासँग घुलमिल हुने अवसर पाए । देउवाले उनलाई ०७४ मा टिकट दिएका हुन् ।

    पहिलोपटकबाटै निर्वाचित भएर संसदीय यात्रा सुरु गरेपछि आचार्य ०७८ मंसिरमा भएको पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । जेन-जी आन्दोलनपछि भने आचार्य देउवा समूह छाडेर विशेष महाधिवेशनको पक्षमा उभिएका थिए ।

     

     

     

     

    साभार /कान्तिपुर /कुलचन्द्र न्यौपाने

    Post Views: 107
    प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार २२:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.