• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

समानुपातिक मतगणना अन्तिम चरणमा: बुधबारसम्म अन्तिम नतिजा आउने

  •  माउण्टेन संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार २०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कुनै प्राविधिक अवरोध वा विवाद नभएमा बुधबार दिउँसोसम्म समानुपातिकतर्फको पूर्ण नतिजा सार्वजनिक हुनेछ।

    आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै अब ३ देखि ४ वटा निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी रहेको जानकारी दिए। मतगणनाको वर्तमान गति कायम रहेमा आज मध्यरात वा बुधबार बिहानसम्म गणना सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम घोषणा गरिने आयोगको प्रक्षेपण छ। यद्यपि, मत सदर वा बदरको विषयमा उम्मेदवारका प्रतिनिधिहरूबीच विवाद देखिएमा नतिजा आउन केही समय थपिन सक्ने जि.सी.ले बताए।

    प्रारम्भिक नमुना संकलनका आधारमा हालसम्म ३ देखि ४ प्रतिशत मत बदर भएको देखिए पनि अन्तिम नतिजासम्म यो दर करिब ५ प्रतिशत पुग्न सक्ने आयोगको अनुमान छ। समानुपातिकतर्फको गणना सम्पन्न भएलगत्तै प्राप्त मतका आधारमा सिट बाँडफाँडका लागि दलहरूलाई औपचारिक पत्राचार गरिने आयोगले जनाएको छ।

    प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको नतिजा यसअघि नै घोषणा भइसकेको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हात पारेको छ। प्रत्यक्षतर्फ १२५ सिट जित्दै रास्वपा संसद्को सबैभन्दा ठूलो र पहिलो दल बनेको छ।

     

    Post Views: 79
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार २०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.