• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेस प्रवक्तालाई प्रश्न- घोषणा पत्र कहिले आउँछ?

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार २२:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले घोषणा पत्र लेखनका लागि सभापति गगन थापा संयोजकत्वमा समिति बनाएको छ।

    उक्त समितिले घोषणा पत्र लेखनको कामलाई अन्तिम रूप दिने तयारी गरिरहेको प्रवक्ता देवराज चालिसेको भनाइ छ।

    केही पार्टीहरूले घोषणा पत्ररप्रतिबद्धता पत्र जारी गरिसकेको अवस्था छ। निर्वाचन आयोगले पनि फागुन ३ गतेभित्र घोषणा पत्र ल्याउन दलहरूलाई आग्रह गरिसकेको छ।

    कांग्रेस प्रवक्ता चालिसेलाई हामीले घोषणा पत्र कहिले आउँछ भनेर सोधेका छौं।

    जबाफमा उनले भने, ‘हामी प्रतिज्ञा पत्रलाई अन्तिम रूप दिँदैछौं। ढिलोमा पनि फागुन २ गतेभित्र सार्वजनिक गर्छौं।’

    उनकाअनुसार पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले प्रतिज्ञा पत्र तयार गर्दैछ।

    मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर प्रतिज्ञा पत्र तयार गरिने उनले बताए।

    पार्टी एक रहेको सन्देश दिनेु

    कांग्रेसले पार्टी एक रहेको सन्देश दिने भएको छ।

    त्यसका लागि निवर्तमान सभापति शेरबहादुर देउवाको वक्तव्य ल्याउने प्रयासमा नेताहरू छन्।

    प्रवक्ता चालिसेले पनि भावनात्मक रूपमा अपिल गर्ने भन्ने कुरा भइरहेको जानकारी दिए।

    ‘निवर्तमान सभापतिज्यूसँग कुराकानी गर्न सबै सकारात्मक छौं, दुई चार दिनदेखि प्रयास पनि भइरहेको छ, कम्तीमा एक अपिल जारी गरेर जानेबारे कुरा भइरहेको छ,’ उनले भने।

    फागुन २१ को निर्वाचनका लागि निवर्तमान सभापति देउवानिकट नेताहरूले पनि टिकट पाएका छन्। पहिले देउवानिकट रहेका ती नेताहरूले देउवालाई चुनावी प्रचारमा लैजान चाहेका छन्।

    निवर्तमान सभापति देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन भएर नयाँ कार्यसमिति आएको थियो।

    रवि(बालेन रहरले गठबन्धन गरेका होइनन्

    प्रवक्ता चालिसेले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबारे पनि टिप्पणी गरेका थिए।

    उनले रवि र बालेन रहरले एकता नगरेको भन्दै कसैले गराइएको गठबन्धन होु भन्ने टिप्पणी गरेका हुन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछाने मुछिएपछि उक्त पार्टीले बालेनलाई ल्याएको उनको भनाइ थियो।

    काठमाडौं महानगरका निवर्तमान मेयर शाहलाई रास्वपाले वरिष्ठ नेता बनाउँदै प्रधानमन्त्री उम्मेदवारसमेत बनाएको छ।

     

     

     

     

    साभार सेतोपाटि

    Post Views: 123
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार २२:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.