• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डा. भट्टराईको धार्मिक विरोधाभास: बुवालाई दागबत्ती दिए, तर काजक्रियाबाट पन्छिए

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार १९:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सचिवालय भन्छ- धर्मप्रति उहाँको सम्मान छ, तर विश्वास छैन

    काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले पितृशोकमा छन् । उनका पिता भोजप्रसाद भट्टराईको गत माघ २२ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

    शोकमा रहेका डा. भट्टराईमाथि यतिबेला सामाजिक सञ्जालमा तिखा टीकाटिप्पणी भइरहेका छन् । कारण हो, उनले पिताको काजक्रिया नगर्नु । डा. भट्टराई आफ्नो पिताको काजक्रियामा सहभागी नभएको उनैले सार्वजनिक गरेका तस्बिरहरूले खुलाउँछन् । यसलाई लिएर थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनीमाथि खनिएका छन् । ‘धर्मविरोधि’ र ‘ढोँगी’ जस्ता आरोपहरू लगाएका छन् ।

    पिताको अन्त्येष्टिका क्रममा सार्वजनिक भएको भट्टराईको तस्बिरले नै विवाद सिर्जना गरेको थियो । बाबुरामले छालाको जुत्तासमेत नखोलीकन पिताको अन्त्येष्टिमा सहभागी भएको भन्दै निकै आलोचना भयो । भट्टराईले यसमा कुनै खण्डन वा बचाउ गरेन । अहिले बुवाको किरिया नगरेको विषयमा पनि उनले मौनता नै साँधेका छन् । बरु सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू हालेर बुवाप्रति प्रेम दर्शाइरहेका छन् ।

    बाबुरामको सचिवालयका अनुसार जुत्ता लगाएको तस्बिर आर्यघाटमा लैजानेबित्तिकैको हो । भट्टराईका स्वकीय सचिव रेखी गुरुङले भने, ‘त्यो दाहसंस्कारअघि ब्रम्हनालमा राख्दाखेरिकै दृश्य हो । त्यसबेला उहाँले मात्र होइन सबैले जुत्ता लगाएका थिए । पण्डितले नै अहिले जुत्ता फुकाल्नु पर्दैन भन्नुभएको थियो ।’

    भट्टराईका पिताको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिएको थियो । गुरुङका अनुसार भट्टराईले जुत्ता खोलेर बुवाको शवलाई आफ्नै काँधमा बोकेर ब्रम्हनालबाट शवदाह गृहसम्म ल्याएका थिए । जेठो छोराको हैसियतमा उनैले दागबत्ती दिए । दागबत्ती दिए पनि उनले कपाल भने खौरिएनन् । न त सेतो वस्त्र नै धारण गरे ।

    भट्टराईले धर्मलाई सम्मान गर्ने तर विश्वास नगर्ने भएकाले काजक्रिया नगरेको गुरुङ बताउँछन् । ‘उहाँले सबै धर्मलाई उत्तिकै सम्मान गर्नु हुन्छ । तर विज्ञानको विद्यार्थी भएकाले उहाँलाई धार्मिक मान्यताहरूमा विश्वास छैन । सिद्धान्त एउटा बोक्ने र व्यवहार अर्को गर्ने पाखण्डी चरित्र उहाँमा छैन,’ गुरुङले भने ।

    भट्टराईका पिताको काजक्रिया नै नभएको भने होइन । बाबुरामका भाइ शिवप्रसाद भट्टराई विधिपूर्वक किरियापुत्री बसेका छन् । सरस्वतीनगरस्थित किरियापुत्री भवनमा काजक्रिया भइरहेको छ । बाबुराम पनि त्यहीँ भेटिन्छन्, तर उनी भने कुनै पनि विधिमा सहभागी नभएको देखिन्छ । थुप्रै आगन्तुकहरूले उनलाई भेटेर सान्त्वना दिने गरेका छन् । पूर्वसहयोद्धा प्रचण्डदेखि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसम्मले उनलाई भेटेर समवेदना दिए ।

     

    भट्टराईकी पत्नी हिसिला यमी पनि काजक्रियामा संलग्न भएकी छैनन् । सामाजिक सञ्जालमा प्रश्न उठेपछि आज उनले एक स्टाटस लेख्दै बाबुरामका भाइले काजक्रिया गरिरहेको बताएकी छन् ।

    बाबुरामले आमालाई भने जनयुद्धकालमै गुमाएका थिए । २०६२ साल फागुन १६ गते उनकी आमा धर्मकुमारी अस्ताएकी थिइन् । २०६२ सालको असार २ गते बाबुराम लगायत माओवादी नेताहरू भूमिगत जीवन त्यागेर खुल्ला भए । बाबुरामले अन्तिम अवस्थामा आमालाई भेट्न पाएनन् । उनले आमाको काजक्रिया पनि गरेनन् ।

    धर्मलाई ‘अफिम’ मान्ने कम्युनिष्ट विचारधाराबाट दीक्षित हुन् डा. भट्टराई । हिन्दू धर्म मान्ने परिवारमै जन्मिएका भए पनि ‘कम्युनिष्ट’ भएपछि उनले धार्मिक मान्यता पालन गर्न छोडेका हुन् । जनयुद्धकालीन समय र त्यसपछिका केही वर्ष उनी हिन्दू चाडपर्व भनेर दशैं-तिहार समेत मनाउँदैन थिए । पछिल्लो केही वर्षदेखि दशैंमा र तिहारमा टिका लगाउन थालेका छन् ।

    त्यसो त बाबुरामले माओवादीबाट अलग भएपश्चात् आफू कम्युनिष्ट नरहेको स्वघोषणा गरेका थिए । यसबीचमा ‘नयाँ शक्ति’ हुँदै विभिन्न पार्टी चहारेका उनी अहिले प्रगतिशील समाजवादी पार्टी (प्रलोपा) का संरक्षक छन् ।

     

     

    साभार नेपालप्रेस

    Post Views: 147
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १९:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.