• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिवरात्रिमा पशुपति दर्शन सहज बनाउन सशुल्क टिकट व्यवस्था

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार १९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिमा भगवान् पशुपतिनाथको दर्शन व्यवस्थित र सहज बनाउन यस वर्ष सशुल्क टिकटको व्यवस्था गरिने भएको छ।

    पशुपति क्षेत्र विकास कोषले स्वदेशी तथा विदेशी भक्तजनको बढ्दो भीडलाई व्यवस्थापन गर्न १ हजार १ सय रुपैयाँको सशुल्क टिकटमार्फत विशेष दर्शनको व्यवस्था गर्न लागेको हो। कोषका सदस्य सचिव प्रकाशमणि शर्माका अनुसार मलेसिया, इन्डोनेसिया, श्रीलंका, भारतलगायत देशबाट आउने भक्तजनलाई लक्षित गरी यो व्यवस्था गरिएको हो।

    उनका अनुसार यसअघि पनि यस्तो अभ्यास हुँदा वार्षिक करिब ५० लाख रुपैयाँसम्म आम्दानी भएको थियो। यस पटक गौरीघाटमा टिकट काउन्टर राखिने र सशुल्क पास धारकका लागि छुट्टै लाइनको व्यवस्था गरिनेछ।

    हरेक वर्ष महाशिवरात्रिमा करिब १० लाख भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्छन्। आगामी फागुन ३ गते परेको महाशिवरात्रिको अवसरमा दाताको सहयोगमा मन्दिरमा रंगरोगन, फूल र बत्तीको सजावट भइरहेको कोषले जनाएको छ।

    कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार भक्तजनलाई सहज दर्शन गराउन नौ वटा उपसमिति गठन गरिएको छ। स्वयंसेवकलाई मन्दिरभित्र र कोर क्षेत्रमा निषेध गरिनेछ भने आवश्यकताअनुसार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिनेछ। करिब आठ हजार सुरक्षाकर्मी खटाइने र पाँच वटा आकाशे पुल तथा चार स्थानमा र्‍याम्प निर्माण गरिने तयारी छ।

    यस वर्ष भारतमा कुम्भ मेला नपरेकाले साधु सन्त र भक्तजनको भीड बढी हुने अनुमान गरिएको छ। करिब चार हजार साधु सन्त सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूको आवास, भोजन र दक्षिणाको व्यवस्था कोषले मिलाउँदै आएको जनाएको छ।

    कोषका पूर्व सदस्य सचिव डा‍. गोविन्द टण्डनले सशुल्क दर्शनले कोषलाई आर्थिक रूपमा सबल बनाएको बताउँदै यो व्यवस्था प्रभावकारी रहेको बताए।

     

     

     

    साभार नागरिक

    Post Views: 120
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १९:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.