• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुन्तला बिक्रीबाट लोभलाग्दो आम्दानी

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार १७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाग्लुङ / जिल्लाको काठे खोला गाउँपालिकाको बिहुँ किम्बोटका एक दम्पतिले सुन्तला बिक्री गरेर १० लाख आम्दानी गर्नुभएको छ ।

    ‘‘गत वर्ष सुन्तला बिक्री गरेर १२ लाख आम्दानी भएको थियो, यो वर्ष मौसमले धोका दिँदा १० लाख ७० हजार रुपियाँको आम्दानी भएको छ’’ किसान कुलप्रसाद कँडेलले भन्नुभयो ।

    सुन्तला खेती कँडेलको बाध्यता होइन, रहर हो । उहाँका कान्छा छोरा काठमाडौँमा इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्छ भने जेठा छोरा अमेरिकामा हुनुहुन्छ । बुवाले केही बोट लगाएर सुरु गरेको सुन्तला खेतीलाई कँडेल र उहाँकी श्रीमती सीताले बगानमा परिणत गर्नुभएको छ । सुन्तला खेती अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    ‘‘छोराहरूले काठमाडौँ र अमेरिका बोलाउँछन् तर सुन्तला बगैँचा देखेर अझै केही वर्ष घर छोड्न मनले मान्दैन’’ ५० वर्षीय कुलप्रसादले भन्नुभयो, ‘‘सयौंको सुन्तलामा रहेका बोटले राम्रो उत्पादन दिँदा आम्दानी मनग्य भएको छ । दम्पतिका लागि अझै केही गर्न सक्ने कँडेलले दृढ विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘‘गर्न सकुन्जेल सुन्तला बगानमै रमाउने हो ।’’

    व्यापारी घरदैलोमै आउन थालेपछि सुन्तला बजारीकरणको कुनै समस्या नरहेको कँडेलको भनाइ छ । सुन्तला धनी र व्यापारीबिच मूल्य मिलेपछि व्यापारीले बोटबाटै सुन्तला टिपेर लैजान्छन् । वर्षभरि दुःख गरेको सुन्तला बगैँचा टिपुञ्जेल व्यापारीको हुन्छ । उनीहरू आफैले कामदार ल्याएर सुन्तला टिप्ने र बजार लैजाने काम गर्ने कँडेलले बताउनुभयो ।

    “छोराहरूलाई यही सुन्तला बेचेरै पढाए । बाहिर देश पुगे । पहिले बजार खोज्नुपर्ने बाध्यताले दुःख थियो, अहिले सुन्तला खेती र कमाइ पनि राम्रो छ” कँडेलले भन्नुभयो, “स्थानीय सरकारले केही प्राविधिक सहयोग गरे पनि अब करमा जोड्ने योजना बनाएको छ । करमा जोड्नुपूर्व किसानलाई प्रविधि, औषधी र ज्ञान सिपका लागि तालिम दिनुपर्छ ।’’

    स्थानीय सरकार र सरकारी निकायबाट किसानले सोचे अनुसार सहयोग नपाएको कँडेलको गुनासो छ । सुन्तलाको पकेट क्षेत्र भए पनि बिहुँमा दिनानुदिन बढ्दै गएको बसाइसराइ रोक्न सके सुन्तला खेतीबाट आर्थिक समृद्वि यात्रा तय गर्न सकिने उहाँको भनाइ छ ।

    ‘‘अहिले युवाविहीन बनेको छ । अधिकांश घरमा बुढाबुढी मात्रै छन्’’ कँडेलले भन्नुभयो, ‘‘गाउँमै बसेर काम गर्न सक्ने वातावरण बनाउन स्थानीय तहले कार्यक्रम ल्याउनुपर्छ ।’’

    अहिले सुन्तला बगैँचामा काम गर्ने मान्छे खोज्न भीमपोखरातिर धाउनुपर्ने सीता कँडेल बताउनुहुन्छ । ठुलो बगैँचामा बुढाबुढीले मात्रै काम गरेर नसकिने हुँदा सुन्तला गोलमेल र व्यवस्थापन गर्न एक सय हाराहारी कामदार चाहिने कँडेलले बताउनुभयो । गाउँघरमै आम्दानीको सम्भावना देख्नुभएको कँडेल दम्पतिले विदेशमाजस्तै दुःख आफ्नै मोटोमा गर्न सके सफल त्यही मिल्ने कँडेल दम्पति बताउनुहुन्छ ।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 110
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १७:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.