• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालिकाहरुलाई एचपिभि खोप लगाउने अभियान सुरु हुँदै

  •  सत्येन्द्र यादव
  • २०८२ माघ १९, सोमबार २०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियामा पाठेघरको मुखको क्यान्सर विरुद्ध बालिकाहरूलाई एचपिभि खोप लगाउने अभियान सुरु हुँदैछ । यही माघ २५ गतेदेखि एचपिभि खोप अभियान सुरु हुने सोमबार स्वास्थ्य कार्यालय बर्दिया द्वारा माघ १९ गते सोमबार आयोजित अभिमुखिकरण कार्यक्रममा जनाइएको हो ।

    नेपालमा दैनिक पाठेघरको क्यान्सरको कारणको दिनहुुँ जस्तो ४ जनाको मृत्यु हुने गरेको छ । क्यान्सरको कारण हुने मृत्युलाई रोकथाम गर्नका लागि सरकारले निःशुल्क क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

    किशोरी बालिकाहरुलाई पछि गएर पाठेघरको मुखको क्यान्सरको संक्रमण हुन सक्ने सम्भावना मध्यनजर गर्दै नेपाल सरकारले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर गराउने भाइरस विरुद्धको एचपिभि खोप बालिकाहरूलाई दिन लागेको स्वास्थ्य कार्यालय बर्दियाका खोप अभियानका फोकल पर्सन राजु खड्काले जानकारी दिए । ‘यस वर्ष जिल्ला भरका ४ हजार ७ सय किशोरीहरुलाई एचपिभि खोप दिने योजना रहेको र सरकारले अघिल्लो आर्थिक वर्षमा कक्षा ६ र समुदायमा रहेका १० देखि १४ वर्षका किशोरीहरुलाई दिईएको थियो ।’

    गत वर्ष २०८१/०८२ मा १० देखि १४ वर्षसम्मका कक्षा ६ देखि १० सम्म पढ्ने २० हजार ४ सय जना बालिकालाई एच.पी.भी खोप लगाइएको थियो ।

    चालु आर्थिक वर्षमा अघिल्लो वर्ष छुटेका कक्षा ६ का सम्पुर्ण किशोरीहरु र कक्षा ७ देखि १० वर्षका छुटेका किशोरीहरुलाई खोप दिईनेछ । यो नियमित खोप अभियान हो । जिल्ला स्थित कक्षा ६ देखि पढाई हुने सबै विद्यालयमा खोप लगाईने फोकल पर्सन खड्काले जनाए ।

    Post Views: 209
    प्रकाशित मिति: २०८२ माघ १९, सोमबार २०:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.