• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अब सामाजिक न्यायको यात्रामा

  •  विपुल पोख्रेल
  • २०८२ आश्विन ७, मंगलवार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आन्दोलनलाई भड्काउने र आफ्ना केही मान्छेलाई नेता बनाउने खेलमा सधै अदृश्य शक्ति लागेकै हुन्छ

    नेपालीमा एउटा भनाइ छ –’आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको’ ।

    त्यो ‘बूढो’ व्यक्ति हुनसक्छ भने संस्था पनि हुनुसक्छ । अनुभव र अनुभवले खारिएर बनेको परिपक्वता अनि बिभिन्न कालखण्डका साक्षीका रूपमा उसले गर्ने स्मरण नयाँ पुस्ताका लागि ठूलो सिकाइ वा अध्यनयको सामग्री बन्नसक्छ । यही कुरामा विश्वास गरेर नै माथिको कथन जनजिब्रोमा बसेको होला ।

    अहिलेको नेपाली राजनीति तरल छ । यो तरलतालाई कुन दिशा दिने भन्ने सन्दर्भमा भने जति बहस र छलफल हुनुपर्ने हो त्यति भइरहेको देखिँदैन । हाम्रो विगतमा यस्ता तरल अवस्था थिए कि थिएनन् ? त्यो बेला कस्तो ढंगको निकास दिइयो ? र ती निकास कत्तिको लाभदायक भए भन्ने समीक्षा परिपक्व (बूढा)ले नै गर्न सक्छन् । त्यस्तो समीक्षाको निष्कर्षलाई आत्मसात् गर्दै नयाँ पुस्ताले भावी यात्राको मार्ग कोर्न सक्छन् ।

    यस यथार्थलाई पूर्ण  उपेक्षा गर्दै ‘पुराना सबै खराब हामी जे गर्छौ, गर्छौ तिमीलाई के मतलब ?’ भन्ने मानसिकताले प्रभुत्व जमायो भने फेरि उही परिस्थिति दोहोरिनुबाहेक केही हात लाग्नेछैन ।

    यहाँ केही तिथिमितिको स्मरण गरौँ । विसं २००७ साल, ०१७ साल, ०२७ साल, ०३७ साल (०३६ साल) । यो १०–१० बर्षको अन्तरालमा राजनीतिक उथलपुथल भएका छन् । यहाँ त्यसको स्मरणमात्र गरियो व्याख्या गर्न आवश्यक ठानिन । त्यसैगरी अर्को ढंगले पनि नेपालको राजनीतिक घटनाक्रमको मिति हेरौँ – ०४२ साल, ०५२ साल, ०६२ साल, ०७२ साल अनि ०८२ साल । यहाँ पनि यी मितिहरूको स्मरण काफी छ ।

    यो १०–१० वर्षको अन्तरालको स्मरण पनि हामीले गर्न सक्छौँ ।

    यी राजनीतिक उथलपुथलका मितिहरूको अध्ययन, त्यतिबेलाको भोगाइ र ती घटनाक्रमका पृष्ठभूमिको जानकारी लिन पुरानासँगको सहकार्य र संवाद जत्तिको महत्त्वपूर्ण लिखित दस्ताबेज हुनै सक्दैनन् ।

    नेपालका सबै आन्दोलन र उथलपुथलहरू राजनीतिक परिवर्तन र त्यसको व्यवस्थापनका लागि भएका थिए । राजनीतिलाई राजनीतिशास्त्रीहरुले ‘कला र बिज्ञान’ दुवै भनेका छन् । कला पक्ष अर्थात् त्यो संचालनको क्षमता वा व्यवस्थापकीय दक्षताको अभावमा राजनीतिक क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धिहरू पनि नागरिकलाई सन्तुष्ट राख्नेगरी कायम भएनन् । फेरि परिवर्तनका लागि लडाइँ सुरु भइहाल्यो । अस्थिरता र व्यवस्थापकीय दक्षताको अभावले गर्दा विदेशी शक्तिको चलखेल पनि उत्तिकै कारक बन्न पुग्यो ।

    यी सबैको अनुभव, ती सबै घटनाक्रमका साक्षीहरुको वकपत्र र अनुसन्धानका ठेलीहरूसमेतको गहिरो अध्ययनबिना नै भावना वा आवेगमा फेरि पनि अगाडि बढियो भने नेपालको राजनीतिमा अर्को विद्रोह वा आन्दोलनको मिति कुर्नुको विकल्प रहनेछैन ।

    अहिलेको जेन–जी समूहको आन्दोलन के राजनीतिक आन्दोलन थियो त ? यो प्रश्नको सही जवाफ खोजिएन र पुराना आन्दोलनको सूचीमा नै यस आन्दोलनलाई पनि सूचीकृत गर्ने काम भयो भने त्यो ठूलो भूल हुनेछ ।

    अहिलेको जेन–जी समूहको आन्दोलन राजनीतिक आन्दोलन थिएन । प्रमुद जिल्ला अधिकारीसँग अनुमति लिएर भदौ २३ गते प्रहरीलाई फूल दिएर प्रदर्शन प्रारम्भ भएको थियो । उनीहरुको माग थियो – भ्रष्टाचारको अन्त्य, सुशासनको अभ्यास, राज्यको स्रोतसाधनमाथि सीमित व्यक्तिमात्रको पहुँचको अन्त्य, ‘नेपो–किड्स’को उत्ताउलो प्रदर्शनप्रतिको वितृष्णा, भ्रष्टलाई कारबाहीको दायरामा ल्याउने काम होस् र राजनीतिक स्थायित्व होस् भन्ने मागहरू राजनीतिक व्यवस्था परिवर्तनका लागि थिएनन् । लोकतन्त्रमाथिको प्रहार थिएन, लोकतन्त्रको विकल्प खोज्दै देशलाई अर्को भूमरीमा जाक्ने मनसुवा त्यहाँ पटक्कै थिएन । बरु लोकतन्त्रको सही अभ्यास र सबै नागरिकले अनुभूति गर्ने सुनिश्चितताको लागि थियो । उल्लेखित मागहरू सामाजिक न्यायको पक्षमा थिए । सामाजिक न्यायका लागि योगदान दिननसक्नेहरूको बहिर्गमनको पक्षमा थियो । भयो पनि ।

    अहिले पनि संविधान छ, संघिय संसद्को एउटा सदन प्रतिनिधि सभाको  निर्वाचनको मिति तोकिएको छ । राष्ट्रपतिसहित सबै जनप्रतिनिधि निकायले काम गरिरहेका छन् । राज्यका अन्य संयन्त्रहरू पनि क्रियाशीलै छन् । त्यसकारण राजनीतिक व्यवस्था परिवर्तनको बाटोमा हामी छैनौ । हामी सामाजिक न्यायका विषयमा अझ प्रखर भएर उभिने चाहनाका साथ यहाँसम्म आएका छौँ ।

    लोकतन्त्रको आधारभूत पक्ष नै सामाजिक न्याय हो । सामाजिक न्यायको अभावमा लोकतन्त्रको व्यावहारिक अनुभूति जनसाधारणले गर्न सक्दैनन् । सामाजिक न्यायको सन्दर्भमा नेतृत्व उदासीन भएको र अभ्यासका क्रममा यस पक्षलाई उपेक्षा गरेको कारण जेन–जी विद्रोह भएको हो । अब यस आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा व्याख्या गरी सन्तुलन नै खलबल हुनेगरी संविधानमा हेरफेर गर्ने, केही थान पार्टी दर्ता हुने, केही नयाँ नेता दृश्यमा आउने र फेरि पुरानै गोलचक्करमा देशलाई लैजाने खतरा पनि छ । यस खतराप्रति निरन्तर खबरदारी गर्दै यो विद्रोह सामाजिक न्यायका लागि थियो र त्यसका लागि उठाइएका मागको पूर्ण सम्बोधनको बाटोभन्दा अलमलको बाटो हिँड्ने छुट कसैलाई छैन भनेर निरन्तर खबरदारी जरुरी छ । अब यो खबरदारीको अगुवाइ पत्रकारिता क्षेत्रले गर्नुपर्छ । युवा किशोरहरू सिर्जनाका स्रोत हुन् । सधैँ उनीहरूलाई आन्दोलनका सिपाहीका रूपमा मात्र प्रस्तुत गरिरहनु हुँदैन । सामाजिक न्यायको पूर्ण अनुभूतिको सुनिश्चितता र लोकतन्त्रको सही अभ्यासको दिशामा मुलुकलाई हिँडाउन सबैको उत्तिकै सचेतको प्रस्तुति र भूमिका जरुरी हुन्छ ।

    जेन–जीको विद्रोहमा जुन ढंगको राज्य दमन भएको छ र त्यसको बदलाको नाममा अवाञ्छित समूहद्वारा तोडफोड, लुटपाट र आगजनी भएको छ, दुबैमा जेन–जी समूह बेकसुर देखिन्छ । दोषीको पहिचान गरेर कानुनी कारबाहीका लागि राज्य कठोरताका साथ प्रस्तुत हुन विलम्ब गर्नु हुँदैन ।

    आन्दोलनलाई भड्काउने र आफ्ना केही मान्छेलाई नेता बनाउने खेलमा सधै अदृश्य शक्ति लागेकै हुन्छ । चाहे त्यो देशी शक्ति होस् वा विदेशी शक्ति यसपटक त्यसलाई प्रभावहीन बनाउनसमेत सकिने अवस्था छ । यो आन्दोलन वा विद्रोह सामाजिक न्यायको लागि हो भन्ने सत्यलाई जति बलियोसँग स्थापित गर्नसक्छौँ त्यति नै त्यस्तो स्वार्थी समूहको प्रभाव न्यून हुँदै जान्छ । विसं २०४२ सालको सत्याग्रह भाँड्न सिंहदरबारमा बम हानेर क्रान्तिकारी बन्ने महत्वाकांक्षी देखिएजस्तै अहिले पनि सामाजिक न्यायको आन्दोलनलाई ‘डाइभर्ड’ गरेर भाग खोज्न सिंहदरबारमा आगो झोसिएको हो । अहिलेका परिस्थिति सम्हाल्ने जिम्मेवारीमा पुगेकाहरूले सामाजिक न्याय खोज्नेहरूको मुद्दालाई सम्बोधन गर्ने कि आगो झोसेर भाग खोज्नेलाई अवसर दिने ? गंभीर मन्थन गरेर निष्कर्ष निकाल्नु आवश्यक छ । समयले, पत्रकारिताले र सामाजिक न्यायसहितको लोकतन्त्रका पक्षधरहरूले गहिरोसँग निगरानी गरिरहने अपेक्षा गरौँ ।

    Post Views: 121
    प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.