• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बडादशैँकाे दाेस्राे दिन माता ब्रह्माचारिणीको पूजा अर्चना, यस्तो छ महत्व

  •  माउण्टेन संवाददाता
  • २०८२ आश्विन ७, मंगलवार १०:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।

    नवदूर्गाहरूमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् । धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरूमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत वृद्धि हुने गर्दछ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरूको मन कर्तव्यपथबाट विचलित हुनेछैन ।

    देवी ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दही, शख्खर, घीऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।

    त्यसपछि देवीलाई पञ्चामृतले स्नान गराएर फूल, अक्षता, सिन्दूर अर्पित गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीलाई कमल एकदमै मनपर्ने शास्त्रमा उल्लेख छ । त्यसैले सोही फूलको माला लगाएर घीऊ वा कपुरको मालासहित निम्न मन्त्रहरूद्वारा देवीको आरती गर्ने गरिन्छ ।

    ब्रह्मचारिणी देवीको पूजाको समयमा मात्रै नभएर नवरात्रिभरी नै व्रत बस्ने मानिस नौ दिन नै जमिनमा सुत्नु पर्नेछ । व्रत बस्ने मानिसले फलाहार मात्रै गर्नुपर्ने हुन्छ । पूजाको समयमा नरिवल, कागति, अनार, केरा र मौसमी अरु कुनै पनि फलफूल भोग लगाएर मात्रै खानु पर्नेछ । व्रत गर्नुअघि संकल्प लिनु पर्नेछ ।

    कम्तीमा पनि व्रत समयभर क्रोध, लोभ र मोह आदि दुष्प्रवृत्तिहरूको त्याग गर्नु पर्दछ । देवीको आह्वान, पूजन, विसर्जन, पाठ आदि गर्नका लागि प्रातःकालमा शुभ हुन्छ । अतः यस समयमा नै तप ध्यान र पूजा गर्नु पर्दछ । घटस्थापना अघि सूतक लागेमा पूजा गर्नुहुँदैन । तर, घटस्थापना गरिसकेपछि सूतक लागेमा कुनै दोष नहुने धार्मिक मान्यता छ ।

    देवी भागवत पुराणमा माता ब्रह्मचारिणीको सम्बन्धमा पौराणिक कहानी उल्लेख गरिएको छ । सो पुराणका अनुसार हिमालयकी पुत्री पार्वतीले देवर्षि नारदको सल्लाह अनुसार भगवान शिव पति पाउँ भनी ब्रह्माको कठोर ब्रत बसेकी थिईन् ।

    जसबाट प्रशन्न भएर ब्रह्माले उनलाई मागेको वरदान दिएका थिए । जसको फलस्वरुप यी देवी भगवान भोलेनाथकी वामिनी अर्थात् पत्नी भएकी थिईन् । यो पौराणिक कहानी आध्यात्मिक तथा आत्मिक आनन्दको कामना राख्दै सहज रुपमा धेरै कुरा जित्न सक्ने सन्देश दिने रहेको छ ।

    Post Views: 139
    प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १०:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.