नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ जिल्ला कार्यसमिति बर्दियाको अध्यक्षमा रवि मल्ल सर्वसम्मत भएका छन ।

भदौ १६ गते बर्दियाको गुलरियामा भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ जिल्ला कार्यसमिति बर्दियाको सातौं महाधिवेशनबाट अध्यक्ष पदमा मल्ल सात सदस्यिय समिति निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचित भएकाहरुमा सचिव पदमा प्रमोद धिताल, कोषाध्यक्ष पदमा भरत रेग्मी भएका छन भने सदस्यहरुमा किशोर गौतम, सन्तबहादुर ज्ञवाली, दुर्गेश श्रीवास्तव र विदुर भण्डारी सर्वसम्मत निर्वाचित भएका छन ।

बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रालिको प्रधान कार्यालय गुलरिया बर्दियाका महेन्द्र राज आचार्य अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपमहासचिव शम्भु प्रसाद रिजाल, नेपाल यातायात ब्यवसायी राष्ट्रियं महासंघ केन्द्रिय सदस्य टंक प्रसाद बस्याल र राजेन्द्र गिरि लगायत स्थानीय यातायात व्यावसायीहरुको उपस्थिती रहेको थियो ।
अध्यक्ष पदमा निर्वाचित मल्ल बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रालिको अध्यक्ष समेत रहेको छन ।




