महिला उद्यमी संघ बर्दियाको नयाँ कार्यसमितिको अध्यक्षमा उपमा रेग्मी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
बर्दियाको गुलरियामा भदौ १४ गते भएको तेस्रो साधारण सभा तथा अधिवेशनको भेलाले रेग्मीको नेतृत्वमा सर्वसम्मत १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र सिग्देलले जानकारी दिए ।


साथै प्रथम उपाध्यक्षमा सङ्गीता थापा, द्वितीय उपाध्यक्षमा राधिका ज्ञवाली पौडेल, सचिवमा मिना चौधरी, सहसचिव करुणाकुमारी पाण्डे, कोषाध्यक्ष सुनिता चौधरी सर्वसम्मतले निर्वाचित भएका छन् ।
सदस्यमा इन्दिरा सुवेदी, रूपा बजगाईँ, चन्द्रा वली, शान्ति सुनार, टीका शम्सेली मगर, वसन्ती जोशी, राधा कुँवर चयन भएका छन्। ।

निर्वाचित नयाँ कार्यसमितिलाई महिला उद्यमी महासंघकी केन्द्रिय अध्यक्ष शोभा ज्ञवाली पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
कार्यसमितिको कार्यकाल ५ बर्षको रहेको छ ।




