• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

द्धन्द्धपिडितले अझै न्याय पाएनन् : ४ वर्षमा संक्रमणकालिन न्यायको काम सकिने आयोगको दाबी

  •  मुरली गोडिया
  • २०८२ भाद्र १५, आईतवार ११:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राज्यमा परिवर्तनका निम्ती १० वर्षे विद्रोहमा पिडित भएका द्धन्द्धपिडित तथा वेपत्ता परिवारले राज्यबाट न्यायचित पाउनु पर्ने न्याय नपाएको भन्दै असन्तुष्टि पोखेका छन । सशस्त्र विद्रोहका क्रममा विभिन्न पक्षबाट पिडित वेपत्ता र घाइते भएका परिवारका सदस्यहरुले सेवा सुविधा तथा न्यायका लागी गुनासो गर्दै आएका हुन ।

    सरकारले द्धन्द्धको समयमा भएको समस्या अन्त्य गर्न भनि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपक्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरेको छ । उक्त आयोगले गठन भएको ४ बर्षमा आफ्नो काम सक्ने र पिडितलाई न्याय दिईने सदस्य, दाबी गरेको छ ।

    “द्धन्द्धको समयमा मेरा वुवालाई २०६० साल भदौमा विद्रोही पक्षबाट बेपक्ता पारिएको भएपनि हाल सम्म उँहाको कुनै खबर नभएको” ठाकुरबाबा नगरपालिका वडा नम्बर १ की कविता थारुले बताईन् । “बुवा बेपक्ता पार्दा म आमाको गर्वमा थिए ।” थारुले भन्छिन् ।

    शनिबार बर्दियामा एक पत्रकार सम्मेलन आयोजना गरि सरकारले गठन गरेको वेपक्ता पारिएका व्यक्तिको आयोग पदाधिकारी र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले  आयोगले समयवधि भित्रै काम सकाउने आवश्वासन दिएको छ । दुवै आयोग एकबद्ध भई एकै आवाजका साथ संक्रमणकालिन न्यायको कार्य संपादन गरि समय अगावै सम्पन्न गर्ने आयोग ले प्रतिबद्धता व्यक्त गरेको छ ।

    हालको आयोगले भने ग्रामिण स्तरमा सुचना प्रवाह गरि वेपत्ता पारिएका हरुको न्यायका लागी कार्य गरिरहेको जनाएको छ । उजुरीका लागी आयोगले प्रधानमन्त्रिको कार्यालय मार्फत सवै मुख्यमन्त्रिको कार्यलय र संघिय ममिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत जिल्ला समन्वय समिती सम्म सुचना पु¥याइ निरुपणका लागी कार्यभई रहेको वेपक्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष लिला देवी गडतौला बताइन ।


    आयोग गठन भएपछिको प्रत्येक दिनको काम जानकारी गराउदै अध्यक्ष गडतौलाले भनिन् “बर्दिया जिल्लाबाट बेपक्ता पारिएको व्यक्तिको उजुरी बढि परेकोले पहिलो पल्ट आयोग बर्दियामा आएर प्रत्येक्ष पिडित परिवार सँग भेट गर्दै छ ।”

    “द्धन्द्धको समयमा बेपक्ता पारिएको व्यक्तिहरुको खोजविनमा आयोगले प्रत्येक निवेदन माथि कार्य गर्दै सबुद खोजविन गरि छानविन गरिने छ ।” अध्यक्ष गडतौलाले भनिन् ।
    द्धन्द्धका समयमा सवैभन्दै बढी वेपक्ता पारिएका र सवै भन्दा बढी उजुरी परेको जिल्ला पनि बर्दिया हो । बर्दियामा मात्रै करिब २५० जना नागरिक बेपत्ता पारिएको तथ्याङ्क रहेको द्वन्द्वपीडित समिति बर्दियाले जनाएको छ । सशस्त्र द्वन्द्वका बेला भए–गरेका विभिन्न अपराध र गम्भीर मानव अधिकारका उल्लंघनका घटनाको सत्य–तथ्य बाहिर ल्याउनु, दोषीलाई सजाय गर्नु, पीडितलाई पुनःस्थापकीय तथा परिपूरणीय न्यायको व्यवस्था गर्नु र भविष्यमा त्यस्ता घटना पुनः नदोहोरिने सुनिश्चित गर्नु आजको आवश्यकता हो ।

    Post Views: 173
    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार ११:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.