भदौ १४ गते

१५ औं अन्तर्राष्ट्रिय बेपत्ता पार्ने विरुद्धको दिवस को अवसर पारेर सशस्त्र द्वन्दको क्रममा बेपत्ता भएका परिवारहरूद्वारा द्वन्द पिडित समिति बर्दियाको नेतृत्वमा बर्दियाको गुलरियामा शान्ति र्याली निकालिएको छ।
द्वन्द्वको समयमा सबैभन्दा बढी असर परेका जिल्लामध्ये बेपत्ता भएकाहरूमध्ये बर्दिया अग्रपङ्क्तिमै रहेको साथै द्वन्द्वकै क्रममा बर्दियामा ३२८ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ भने बर्दियामा मात्रै करिब २५० जना नागरिक बेपत्ता पारिएको तथ्याङ्क रहेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताए।
एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भएको छ तर पनि द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार मनभरि गहिरो पीडा बोकेर अनिश्चयको चक्रव्यूहमा अल्झिरहेका छन् ।






