• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

२० भन्दा बढी गैंडा ६ महिनादेखि भारतीय आरक्षमा

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १३, शुक्रबार ११:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका करिब २० भन्दा बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा गएको करिब महिना बढी भयो । अहिले सम्म ती गैंडा बर्दिया निकुञ्जमा अहिलेसम्म फर्केका छैनन् ।

    गर्मीयाममा आहाल खोज्दै गएका गैंडा सीमावर्ती भारतीय आरक्षमा पुगे का थिए । त्यहाँ पानीको स्रोत प्रशस्त भएका कारण आहालका लागि गैंडा त्यहाँ जाने गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार आगामी असोस कात्तिकमा वर्षायाम सकिएपछि अनुमगन गरी गैंडाको संख्या यकिन गर्ने तयारी छ ।
    उनले भने, ‘बर्दिया निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पिउने भारतीय आरक्षमा पुगेका हुन् ।’ गेरुवा नदीमा जलस्तर वर्षायाममा बढे पनि गैंडा फर्केको देखिँदैन ।

    बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले पानी र आहारका लागि गैंडा नेपाल र भारतीय क्षेत्र मा आवतजात गर्ने गरेको बताए । जैविक मार्ग भएका कारण वन्यजन्तु बर्दिया निकुञ्ज र कतरनियाघाट आरक्षमा आउजाउ गर्ने गरेको उनको भनाइ छ ।
    सन् २०२२ को गणनामा बर्दिया निकुञ्जमा ३८ वटा गैंडा थिए । ती मध्ये तीन वटा गैंडाका केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भइसकेको छ । खाता जैविकमार्गबाट हात्ती, बाघ, गैंडा लगायतका वन्यजन्तु ओहोर दोहोर गर्छन् । खाता जैविक मार्ग डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ । यसवर्ष चैतमा राष्ट्रिय स्तरमा गैडा गणना गर्ने कार्यक्रम रहेको छ ।
    जिपीएस रेडियो कलर नभएका कारण गैंडाको अवस्था बुझ्न गाहृो भएको निकुञ्जका अधिकारी बताउँ छन् । नेपालबाट गएका गैंडा नफर्किउन् भनेर भारतीय आरक्षमा सुरक्षाका लागि खटिएका वनकर्मीले रोक्ने प्रयास गर्दै आएको स्थानीय संरक्षणकर्मीले बताएका छन् ।

    सन् २०१० मा पहिलो पटक सिमावर्ती भारतीय आरक्षमा दुई वटा गैंडा पुगेका थिए । त्यसपछि भारतीय वन विभागले गैंडाका लागि पिउने पानी र घोल बनाएको राष्ट्रिय प्रकृति कोष बर्दियाका प्रमुख तुम्फाहाम्फेले बताए । बर्दिया निकुञ्जमा सरकारले यथा सिघ्र गैंडा व्यवस्थापनका लागि काम गरिएन भने यहाँबाट लोप हुने अवस्था आउने उनको भनाइ छ ।

    गैंडा भारतमा भएको जानकारी पाउनासाथ बर्दिया निकुञ्जले अनुगमन गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँग भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पर्दछ । भारतीय सीमा कतरनियाघाट आरक्षमा १४ वर्ष अघिसम्म एउटा पनि गैंडा थिएन ।

    अहिले बर्दिया निकुञ्जबाट गएका गैंडाको बासस्थान बन्दै गएको छ । सन् १९८६ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको कर्णाली नदी तटिय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा स्थानान्तरण गरिएको थियो । त्यसपछि ७० वटा गैंडा बबई उपत्यकामा छाडिएको थियो ।

    द्वन्द्वकालमा भने चोरी शिकारका कारण गैंडा लोप हुने स्थितिमा पुगेका थिए । चितवनबाट बर्दिया निकुन्जमा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी शिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए । १५ वर्ष यता भने बर्दिया निकुन्जमा गैंडाको चोरी शिकार शून्य छ ।

    Post Views: 223
    प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ११:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.