बर्दियाको मधुवन नगरपालिकामा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा संचालित सुरक्षा परियोजना अन्तर्गत मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रमको आयोजना गरिएको छ ।

बाल बिवाह, मानब बेचबिखनको जड लागु पदार्थ दुव्र्यसनी बनाएकोले यसलाई नियन्त्रण गर्न ,स्थानीय तह ,संघ सस्था ,प्रहरी ,समुदायका आगुवा सबै क्रिया– शिल भएर लाग्नु पर्ने मधुवन नगरपालिका बडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले बताए ।
साथै मानब बेचबिखनको जालो निकै चुनौती पुर्ण भएकाले यसलाई समेत नियन्त्रण गर्न सबै यसका विरुद्ध लाग्न सबै एकताबद्ध हुनु पर्ने समेत बडा अध्यक्ष हमालले भने ।
कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षकहरु, वडा सचिव तथा कर्मचारी, सामुदा–यिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवा दूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिताले रहेको थियो ।

यस अन्तरक्रियाले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालि–काको सुरक्षित भविष्यका लागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको कुरा सम्बादमा सहभागीहरुले बताएका छन् ।
एकता र प्रतिबद्धतासहित सबै मिलेर अघि बढ्न सके मानव तस्करी जस्तो गम्भीर समस्याको अन्त्य गर्न सक्छौं एकजुट हुनुपर्नेमा कार्यक्रमका सहभागिको जोड थियो ।
कार्यक्रमलाई मधुवन नगरपालिका को महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गरेका थिए, भने कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर साबित्रा भाटले गरेकी थिईन ।




