• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा अन्तरपुस्ता संवाद तथा सकारात्मक यौनिकता सम्बन्धी कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ६, शुक्रबार ०९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको बढैयातालमा अन्तरपुस्ता संवाद तथा सकारात्मक यौनिकता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब अन्तर्गत “सशक्त बालिका परियोजनाले कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमको उद्देश्य अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच सहज संवाद स्थापनागर्दै यौनिकतालाई स्वास्थ्य र अधिकारसँग जोडिएको सकारात्मक दृष्टिकोणमा बुझाउने र युवापुस्तालाई जिम्मेवार तथा सशक्त बनाउन सहयोग गर्नु रहेको बताईएको छ । अभिमुखीकरण कार्यक्रममा अन्तरपुस्ता संवादको अर्थ, महत्व र आवश्यकता, पुस्तान्तरणमा देखिने चुनौतीहरू, ज्ञान–सिप, कला, संस्कार र संस्कृतिको संरक्षण तथा हस्तान्तरणका उपाय बारे छलफल भएको थियो ।

    पुस्तान्तरणलाई व्यवसायसँग कसरी जोड्ने, नयाँ पुस्तालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा समेत सहभागीहरूले विचार राखेका थिए । यौनिकताको परिभाषा, सकारात्मक यौनिकताको महत्व, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा पनि सहजीकरण गरिएको थियो । बढैयाताल गाउँपालिका वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा परियोजनाका अधिकृत विजय शर्माले कार्यक्रमको औचित्यबारे प्रष्ट पानुभएको छ ।

    उहाँले पुस्ताबीचको ज्ञान–सिप आदान–प्रदानलाई केवल औपचारिक तहमा सीमित नराखी अनौपचारिक भेला, समूह, परिवार र समुदाय स्तरमै निरन्तर संवाद गर्नुपर्नेमा जोड दिए । साथै, हानिकारक अभ्यास हटाउँदै सकारात्मक संस्कारलाई पुस्तान्तरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रमका सहभागी धार्मिक सञ्जाल बढैयातालका संयोजक बुद्धीराज लम्साल, वडा नं. ७ का बरघर पर्शुराम थारू, ९ का बरघर चन्द्र बहादुर थारू लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।

    युवा सञ्जाल बढैयातालकी संयोजक स्वस्तिका खड्का लगायतले सिकेका ज्ञान शिपलाइ समुदाय स्तरमा सचेतनाको रूपमा बिस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा वडा नं ७ का किशोरी क्लब, बरघर, धार्मिक गुरू, नागरिक समाजका प्रतिनिधि, युवा सञ्जाल, स्थानीय महिला समूह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दल सुनारले गर्नुभएको परियोजनाका सुपरभाइजर रामबहादुर थारूले जानकारी दिनुभयो ।

    Post Views: 198
    प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार ०९:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.