• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दियामा पालिकास्तरीय शिक्षा कचहरी

  •  संजय आचार्य
  • २०८२ भाद्र ६, शुक्रबार ०९:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारबर्दिया नगरपालिकामा पालिकास्तरीय शिक्षा कचहरी कार्यक्रम सम्पन्न भएको छ । वास गेन्स परियोजनाको आयोजना र बारबर्दिया नगरपालिका को सहकार्यमा वडा नं. ४, पदनाहस्थित पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

    वास गेन्स परियोजना तेस्रो वर्षमा प्रवेश गरेसँगै विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रत्येक वर्ष संस्था ले शिक्षा कचहरी सञ्चालन गर्दै आए को परियोजना संयोजक जगदिश प्रसाद थारूले जानकारी दिएका छन् ।

    कार्यक्रममा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उपायहरूसँगै सरसफाइ, खानेपानी र स्वच्छता सुधारका विषयमा विस्तृत छलफल भएको थियो । सहभागीहरूले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू, सरसफाइको अवस्था, खानेपानीको अभाव, स्वच्छता सामग्रीको कमी लगायतका समस्या र तिनको दिगोपना समाधानबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।


    सहभागीबाट उठाइएका प्रश्न हरूको सम्बोधन गर्दै पालिका प्रमुख छविलाल थारू र प्रशासकीय अधिकृत टिकानाथ गोसाईंले विद्यालय सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले गरिरहेका प्रयास तथा आगामी योजनाबारे जानकारी गराए । उनीहरूले शिक्षा मात्र नभई सरसफाइ, खानेपानी र स्वच्छता जस्ता आधारभूत आवश्यकता पूरा नगरी गुणस्तरीय शिक्षा दिन नसकिने भएकाले पालिकाले यी विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।


    कार्यक्रममा सहभागी प्रतिनिधिहरूले विद्यालय शिक्षामा सुधार ल्याउन शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण, बालबालिकामा अनुशासन र नियमितताको विकास, शौचालय र सुरक्षित खानेपानीको व्यवस्था, किशोरीमैत्री कार्यक्रम, र सरसफाइ सामग्रीको उपलब्धताजस्ता पक्षलाई मुख्य रूपमा जोड दिए ।


    शिक्षा कचहरीले विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल क्लब र किशोरी क्लबका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष छलफल गर्ने अवसर दिएको सहभागीहरूले बताएका छन्। कार्यक्रमले विद्यार्थी र समुदायले भोगिरहेका समस्या जनप्रतिनिधि तथा सम्बन्धित निकायमाझ प्रत्यक्ष आफ्ना कुराहरु राख्ने वातावरण सिर्जना गरेको भन्दै उनीहरूले कार्यक्रम प्रभावकारी भएको बताएका छन्।

    शिक्षा कचहरी कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, बाल क्लब र किशोरी क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रको सुधारका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन्।

    Post Views: 565
    प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार ०९:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.