• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द, सडक मर्मतपछि सञ्चालन हुने

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ११:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया राष्ट्रिय निकुञ्जमा सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा बन्द भएको छ । निरन्तरको वर्षाका कारण निकुञ्ज भित्रका करिब १ सय ५० किलोमिटर सडक बिग्रिएपछि मर्मत सम्पन्न नभएसम्मका लागि सेवा रोकिएको निकुञ्ज प्रशासनले जनाएको हो ।

    निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सडकमा रुख ढलेको छ र कतिपय भागमा आवतजावत नै अवरुद्ध भएको छ । “करिब एक महिनाभित्र मर्मत कार्य पूरा गरी पुनः जिप सफारी सञ्चालन गर्ने तयारी छ,” पौडेलले जानकारी दिए । उनका अनुसार पर्यटकलाई असुविधा नहोस् भनेर हाल पथप्रदर्शक मार्फत पैदल अवलोकन गराइँदैछ ।


    सफारी रोकिँदा पर्यटन व्यवसायी भने मर्कामा परेका छन् । पर्यटन व्यवसायी रामजी बाबु थापाले वर्षायाममा पर्यटक संख्या घट्ने गरे पनि आउनेहरूले प्रायः जिप सफारी रोज्ने भएकाले निकुञ्जले तत्काल सडक मर्मतमा गति दिनुपर्ने बताएका छन् ।

    गत आर्थिक वर्ष २०८१÷८२ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २८ हजार ६८ स्वदेशी तथा विदेशी पर्यटक प्रवेश गरेका थिए । तीमध्ये १९ हजार १० नेपाली, १ हजार ५४० सार्क मुलुकका तथा ७ हजार ५१८ अन्य विदेशी पर्यटक रहेका छन् । निकुञ्जमा आउने अधिकांश पर्यटकको आकर्षण दुर्लभ वन्यजन्तु बाघ, गैंडा र हात्ती हुन् । हाल निकुञ्जमा १२५ बाघ, १२० हात्ती र ३८ गैंडा रहेका छन् । तीमध्ये केही गैंडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा समेत पुगेका छन् ।

    निकुञ्जभित्र जिप सफारी र पैदल अवलोकन मुख्य आकर्षण भए पनि बाहिरी क्षेत्रमा करिब ३० होटल र २० होमस्टे सञ्चालनमा छन् । साथै, खाता जैविक मार्ग, पत्थरबोझी, थारु संग्रहालय, गोही–घडियाल प्रजनन केन्द्र लगायत स्थल पनि पर्यटकको रोजाइमा परेका छन् ।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ११:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.