• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा नीति तथा कार्यान्वयन समन्वय बैठक सम्पन्न : आगामी वर्षका कार्यक्रम सार्वजनिक

  •  संजय आचार्य
  • २०८२ भाद्र २, सोमबार १०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाले नीति तथा कार्यान्वयन समन्वय बैठक सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/०८३ का कार्यक्रमहरू आइतबार सार्वजनिक गरेको छ।

    बैठकमा एकाइ प्रमुख बिरेन्द्र राज पराजुलीले गत वर्ष सम्पन्न गतिविधिहरू, उपलब्धि र चुनौतीबारे तथ्याङ्कसहित जानकारी प्रस्तुत गर्दै आगामी कार्यक्रमबारे प्रष्ट पारे। उनले राजापुर क्षेत्रमा चैते धानको सुपरजोन सञ्चालन भइरहेको र अन्य पालिकामा केरा जोन तथा माछा जोन सक्रिय रहेको बताए। पराजुलीका अनुसार गत वर्ष ७ करोड ९२ लाख विनियोजन भएकोमा करिब ७५.८ प्रतिशत खर्च भई ‘सन्तोषजनक उपलब्धि’ हासिल भएको थियो। यस वर्ष भने ८ करोड रुपैयाँ बजेट आएको जानकारी दिए।


    बैठकमा सहभागी भएका विभिन्न पालिकाका कृषी प्रमुखहरूले आफ्नो क्षेत्रका उपलब्धि, समस्या र चुनौतीहरू प्रस्तुत गरे। राजापुर नगरपालिकाका कृषी अधिकृत तुलाराम चौधरीले खण्डीकृत खेतीका कारण परियोजनाको कार्यविधिअनुसार २० हेक्टर जग्गा सुनिश्चित गर्न कठिन भएको बताए। मधुवन नगरपालिकाका कृषी अधिकृत एकराज वलीले समयमै अनुगमन हुने र पकेट क्षेत्र बनाएर काम गर्न सके राम्रो नतिजा आउने धारणा राखे। ठाकुरबाबा नगरपालिकाका कृषी अधिकृत ध्रुवराज बमले धान, च्याउ र मकै पकेट विस्तार भएको र काम गर्दा मापदण्ड नपुग्ने बताए । उनले परियोजनले नियमित सल्लाह–सुझाव दिन समेत अनुरोध गरे।


    यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले बर्दियालाई ‘अन्नको भण्डार’ भनिए पनि मलको चरम अभाव देखिएको बताए। उनले किसानलाई समयमा मल उपलब्ध गराउन सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको जोड दिए।
    बैठकमा दुग्ध, पशुपालन तथा मत्स्यपालन क्षेत्रलाई प्रोत्साहन गर्ने उपायबारे समेत छलफल भयो। सहभागी किसानहरूले केरा जोन, माछा जोन लगायतका योजनामा आफ्ना सुझाव राख्दै किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जोड दिए।

    समापन सत्रमा बैठकले कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि, किसानको आयआर्जन विस्तार, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्‍यो। साथै, सहज सिंचाइ र पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सके धान, गहुँ, मकै, दाल, तेलहन र तरकारी लगायत का उत्पादनमा बर्दिया आत्मनिर्भर बन्न सक्ने जनाइयो ।


    जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को विशीष्ट अतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी कार्यालय प्रमुख सरोज पौडेल , शसस्त्र प्रहरी बल प्रमुख मान बहादुर शाही , कृषी अधिकृत युवराज विक ,स्थानीय निकायका पशु कृषि शाखाका प्रमुख लगायत धान सुपर जोन माछा जोन केराजोन र गाईभैंसी जोनका सञ्चालन समन्वय समितिका प्रतिनिधि लगायत सञ्चारकर्मी को उपस्तिथी रहेको थियो

    Post Views: 359
    प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १०:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.