बाँके । बाँकेमा कुटुवा पेस्तोलसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक दीपक पातलीकाअनुसार पुष्पलाल चोकबाट बस पार्कतर्फ अटो रिक्सामा जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिका-९ का १७ वर्षिय समीर ढापाली र १६ वर्षिय राजन सोनकार कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित आइतवार बेलुकी पक्राउ परेका हुन् ।
ति किशोरहरुले कामको लागि प्रयोग गरिएको हुन सक्ने बताउदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साभार / हिमालय टाइम्स




