बारबर्दिया नगरपालिका वडा नम्बर १ र ९ मा सञ्चालनमा रहेका गौशालाले छाडा गाई/ गोरुहरुलाई संरक्षण, पशु स्वास्थ्य सेवा र दीर्घकालीन व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेका छन् ।

नगरपालिकाको पशुसेवा शाखा मार्फत लम्पी स्किन लगायतका रोगविरुद्ध खोप, उपचार तथा परजीवी नियन्त्रण सेवा दिइँदै आएको छ । हालसम्म दुबै गौशालामा ३६ ट्रक पराल आहाराका लागि ढुवानी गरिएको बारबर्दिया नगरपालिका पशुसेवा शाखा प्रमुख दिपक थापाले जानकारी दिए ।
गौशाला स्थापना र व्यवस्थापन पछि सवारी दुर्घटना न्यूनीकरण, किसानको बाली सुरक्षा, सामाजिक सद्भाव र पशुपालन व्यवसाय मा वृद्धि भएको थापाले बताए । हालसम्म ६ हजार ६ सय ६५ पशुमा ट्याग लगाइएको र कृत्रिम गर्भाधारणमार्फत नसल सुधार भएको समेत थापाले भने ।
तर, आर्थिक स्रोतको कमी, चरिचरणको अभाव, समुदायको धारणा परिवर्तनमा ढिलाइलगायत चुनौती पनि रहेका छन् । नगर–पालिकाले खर्च व्यहोर्दै ४ जना गाई हेरालु राखेको प्रमुख थापाले स्पष्ट पारे ।
पशुसेवा शाखा प्रमुख थापाले गौशाला व्यवस्थापनले अनुकरणीय उदाहरण पेश गरेको भन्दै सबै तहको सहकार्य आवश्यक रहेको बताए ।




