• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबामा मौषमी–बेमौषमी खेती सम्बन्धी दुई दिने तालिम सुरु

  •  केशव कोईराला
  • २०८२ श्रावण २५, आईतवार १५:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनावारमा जीविकोपार्जन समूहका सदस्यहरूका लागि मौषमी तथा बेमौषमी खेतीसम्बन्धी दुई दिने तालिम आइतबारदेखि सुरु भएको छ ।

    जेट एस एल नेपालको सहयोगमा उज्यालो नेपालद्वारा सञ्चालित Championing ChangeM Living in Harmony with Wildlife in Low Land Nepal परियोजनाअन्तर्गत तालिम सञ्चालन भएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

    यस परियोजना अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका २१ वटा जीविकोपार्जन समूहलाई समेटेर तालिम दिइँदै आएको छ । समूहको कोषमा ६ देखि ८ लाख रुपैयाँसम्म उपलब्ध गराइएको र सदस्यलाई वार्षिक अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण सुविधा दिने व्यवस्था गरिएको अध्यक्ष न्यौपानेले भने ।

    तालिममा मौषमी तथा बेमौषमी तरकारी–बाली उत्पादनका प्रविधि, बीउ व्यवस्थापन, रोग–कीरा नियन्त्रण, बजार व्यवस्थापन, जलवायु परिवर्तनसँग सम्बन्धित कृषि अभ्यास, खेतीको तालिका तथा सिंचाइ प्रविधिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाईने न्यौपानेले बताए ।

    उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अमिन थारु, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने र बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश थापाले यस्ता तालिमले कृषकलाई आत्मनिर्भर बनाउन र कृषिजन्य आम्दानी बढाउन सहयोग गर्ने धारणा राखे ।

    यसअघि यस्तै तालिम सुर्खेतको भेरीगंगा नगरपालिका–५ हात्तीखाल र गेरुवा गाउँपालिका, र बारबर्दिया नगरपालिका–९ ढकैला र खैरेनीमा सम्पन्न भइसकेको र अन्य स्थानमा क्रमशः तालिम सञ्चालन गरिने उज्यालो नेपालले जनाएको छ ।

    Post Views: 283
    प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १५:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.