• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मल अभावका कारण बर्दियामा कृषकद्वारा प्रशासन घेराउ, तीव्र प्रदर्शन

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २५, आईतवार १५:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मलखाद्य अभावको समस्याले ग्रस्त बर्दियाका कृषकहरूले आइतबार जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गर्दै तीव्र प्रदर्शन गरेका छन् ।

    मौसमी खेतीको महत्वपूर्ण समयमै आवश्यक मल नपाएर बाली उत्पादनमा ठूलो संकट आउने अवस्था देखिएपछि कृषकहरूले सरकार र सम्बन्धित निकायको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् । प्रदर्शनमा सहभागी कृषकहरूले “मल दे, खेती बचाऊ”, “कृषिमन्त्री राजीनामा दे” जस्ता नारासहित र्याली निकालेर प्रशासन कार्यालय परिसर घेराउ गरेका थिए ।

    आन्दोलनकारीहरूले तत्काल मल आपूर्ति र दीर्घकालीन समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा मल अभाव समाधानका लागि ठोस योजना बनाउन तथा किसानलाई समयमै सहज रूपमा मल उपलब्ध गराउन आग्रह गरिएको छ ।

    कृषकहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । उनीहरूले स्थानीय तहदेखि संघीय सरकारसम्मको उदासीनताका कारण कृषकहरूको जीविकोपार्जन संकटमा परेको गुनासो गरेका छन् ।

    Post Views: 287
    प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १५:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.