• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पौडी खेल्ने क्रममा गोहीको आक्रममा परी बेपत्ता युवकको शव भेटियो

  •  हरि गुरुङ्ग
  • २०८२ श्रावण २५, आईतवार १३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी वेपत्ता भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सूर्यपटुवा निवासी १९ बर्षिय रुप मिलन थारुको शव भेटिएको छ । साउन २० गतेदेखि वेपत्ता रहेका थारुको ५ दिनका दिन शनिवार घटनास्थदेखि करिव साढे २ किलोमिटर मुन्तिर घोप्टो परेको अवस्थामा शव भेटिएको छ ।


    वेपत्ता थारुको शव क्षतविक्षत अवस्थामा फेला परेको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिन बहादुर थापाले बताए । मृतकका बावुले शवको पहिचान
    गर्नु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मध्यवर्ती क्षेत्रमा कर्णाली नदीको भँगालोमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी थारु बेपत्ता भएका थिए ।

    त्रिभुवन मावि मधुवनबाट भर्खर मात्र १२ कक्षा पास गरेका थारुको शव गोठालाहरुले देखेपछि स्थानिय मार्फत प्रहरीलाई खबर गरिएको थियो । शव भेटिएको स्थानमा प्रहरी को टोली पुगी शव ल्याउने प्रकृया भैरहेको वडाध्यक्ष थापाले जानकारी दिए । वेपत्ता थारुको खोजीका लागि सुरक्षाकर्मी, निकुञ्ज एवम् स्थानिय ले खोजतलास गर्दै आएका थिए । शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया पुर्याईएको प्रहरीले जनाएको छ ।

    Post Views: 238
    प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १३:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.