• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पशुचौपायाका लागी सुरक्षित खोर नहुँदा समस्या

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २२, बिहीबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वन क्षेत्रका गाँउमा सुरक्षित खोर नहुँदा स्थानिय उपभोक्तको समस्या विकराल बन्दै गएको छ । पशुचौपाया जोगाउन गाँउघरमा सुरक्षित खोर नहुँदा वन्यजन्तु घरमै आएर पशुचौपाया तथा मानविय क्षति पु¥याँदा समस्या जटिल बन्दै गएको हो । जिल्लाको मधुवन नगरपालिकामा पर्ने खाता संरक्षण वन क्षेत्र आसपासका उपभोक्ताहरु यो समस्या बाट वर्षौ देखी गुज्रिरहेका छन ।


    विशेषः मधुवन नगरपालिकाको वडा १, २, ३, ४ र ५ का करिब ५ हजार घरघुरी वर्षै देखी यो समास्या बाट पिडित बनेका छन । मधुवन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य रेशम बुढाका अनुसार सामुदायिक बन नजिकका बस्तीमा चितुवा, हात्ती, बाघ, गैंडा लगायतका बन्यजन्तुहरू गाउँ पसी विभिन्न घटना निम्त्याने गरेको बताए । स्थानियका घरमा सरकारले सुरक्षित खोर निर्माण गर्न सके यो समस्यामा कमि आउने बुढाले सुझाव दिए । खाता संरक्षण वन क्षेत्र आसपासमा साँझ परेपछि पशुचौपाया, बृद्धबृद्धा तथा बालबालिकालाई सुरक्षाको चिन्ताले सताउने गर्दछ । चितुवाको आक्रमणले मानिवय क्षती हुनुको साथै पशुचापायाको ज्यान जाने संभावना रहेको बुढाले बताए ।

    समुदायमा स्थानिय सरकारले पश्ुचौपाया जोगाउन तत्काल सुरक्षित खोर निर्माण गर्नुपर्ने आवश्यकता रहेको मधुवन नगरपालिका ३ खाताका स्थानिय भदै थारुले औंल्याउनु भयो । थारु भन्छन “घर–घरमा सुरक्षित खोर निर्माण, सोलार लाइटको व्यवस्था यति मात्र नभई बन्यजन्तुको आनीबानीका बारेमा स्थानियलाई समेत सचेत गर्न जरुरी छ ।” प्रत्येक वर्ष दर्जनौं पशुचौपाया, अन्नबाली, घरगोठ भत्काउने लगायत समास्याहरु वन्यजन्तुले गर्ने गरेका छन । पशुचौपाया को क्षतिले समुदाय स्तरमा दैनिकी लगायत उनिहरुको जीविकोपार्जनमा समेत गम्भीर असर पारिरहेको छ ।

    सुरक्षित खोरको अभावले वर्षौ देखी हुँदै आएको मानविय क्षति तथा पशुचौपायाको क्षति बारे खाता समन्वय समितिका अध्यक्ष हरी गुरुङ्ग चिन्तित छन । खाता संरक्षण वन क्षेत्र आसपासमा बासिन्दाका लागि सुरक्षित खोर र तारबारको व्यवस्था अत्यावश्यक रहेको गुरुङ्गले भने । बन्यजन्तुलाई संरक्षित मात्र होइन व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको भन्नु भयो । राहतको व्यवस्थानले मात्र नपुग्ने भन्दै क्षतिपुर्तिको समेत व्यवस्था गर्नुपर्ने उनले जोड दिए । “जंगलमै आहाराको व्यवस्था गरिनु पर्छ, जनावर गाउँ पस्न नपाउनु र पशुचौपायालाई आक्रमण गर्ने काममा कमि आओस ।” गुरुङ्गले भने ।

    जनस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यालय तहमा पनि बन्यजन्तु र मानव सहअस्तित्व बारे सचेतनाm फ लाउनु पर्नेमा जोड दिनु भयो । नयहरु को पहल र संरक्षणकर्मीको अगुवाईमा बन्यजन्तुको संख्यामा बृद्धि भएको छ, तर त्यसको व्यवस्थापन प्रति सम्बन्धित निकाय गम्भीर नहुनु नै समस्याको मूल कारण मानिएको स्थानियले बताउने गरेका छन । स्थानीय तह, संरक्षण समिति र सरोकारवाला निकाय बीच समन्वय गरेर दीर्घकालीन समाधानका उपाय अपनाउनु जरुरी रहेको जानकारहरु बताउँछन ।

    Post Views: 377
    प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार ०८:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.