बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं ५ स्थीत मध्यवर्ती क्षेत्रमा पर्ने कर्णाली नदीको भंगालो खौराहा खोलामा दिउँसो ५ बजेको समयमा पौडी खेलिरहँदा गोहीको आक्रमण परी मधुवन नगरपालिका–१ सूर्य पटुवा लालझाडी बस्ने १( वर्षीय रूप मिलन थारु बेपत्ता भएका छन ।

पौडी खेल्न थारु सहित ३ जना गएका थिए, पौडी खेलिरहेको अवस्थामा अचानक गोहीले आक्रमण गरेको प्रत्यक्षदर्शी गणेश प्रसाद आचार्य र तिदुराम थारुले बताए।
भर्खर आएको नतिजा अनुसार उनी १२ कक्षामा श्री त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिकाका वडा न १ बाट उर्तिण गरेका थिए। थारुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना जबर जंग गण, स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती समेत प्रयोग गरि राति १० बजेसम्म खोजी कार्य गरिएता पनि वेपत्ता युवा फेला नपरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।




