• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिव पुजनमा बेलपत्रको महिमा

  •  सुधान्सु प्रकाश शर्मा
  • २०८२ श्रावण २०, मंगलवार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म सानो छँदा मेरो घरमा एक विशाल बेलको बोट रहेको थियो । गाउँका धेरै मानिसहरू, मन्दिरमा बेलपत्र चढाउन का निम्ति, बेलपत्र टिप्न हाम्रो घरमा आउने गर्नुहुन्थ्यो । यो रुखको पात किन टिपेको होला भन्ने मलाई कौतुहल लाग्थ्यो अनि म प्रश्न गर्थे । प्रायजसो सबैले दिने उत्तर एउटै हुन्थ्यो ।
    “शिवजीलाई बेलपत्र अति नै प्रिय छ । त्यसैले बेलपत्र चढायो भने शिवजीको विशेष कृपा प्राप्त हुन्छ“, त्यसैले टिपेको ।
    सबैले भनेको सुनेर मैले पनि धेरैपल्ट श्रद्धापूर्वक शिवालयमा बेलपत्र अर्पण गरेको छु । शिवालयमा अर्पण गर्दा बेलपत्र उल्टा अर्पण गर्नुहुन्न “पाप लाग्छ“ भन्ने कुरा सुनेको थिए, त्यसैले “कतै मैले चढाएको बेलपत्र उल्टा त परेन भनेर विषय मा धेरै सचेतना अपनाएको अनुभव समेत छ, मसँग ।
    समयले कोल्टो फेर्दै गयो, म पनि एउटा सानो बालक बाट युवक बन्दै गएँ । किताबहरू पढ्न सिके । अनि बालक छँदा मेरो मनमा उम्रेको, “शिवजीलाई बेलपत्र किन मनपर्छ“? भन्ने कौतुहल पूर्ण प्रश्न को उत्तर भेटाउन का निम्ति जिज्ञासा पूर्वक खोजी खोजी शिव शंकर का विषय मा लेखिएका लेखहरू पढ्न थाले । बाजपेयी भन्ने व्यापारी भारतबाट किताबहरू बेच्न आउँथे । हजुरबुवा उनीसँग किताब र पत्रिकाहरु किन्नु हुन्थ्यो । चकलेट किन्न नदिए पनि हजुर बुवाले, मलाई किताब चाहिँ जति पनि किन्न दिनुहुन्थ्यो ।
    मेरो परिवार राजनीतिक परिवार थियो। धेरै मानिसहरू हजुरबुवा, बुवालाई भेट्न आउँथे । त्यसै क्रममा दुई चार जना धार्मिक व्यक्तित्वहरू सँग पनि संगत गर्ने मौका जुर्यो । जाने बुझेका मानिसहरूले बेलपत्र सम्बन्धी मेरो जिज्ञासा र कौतुहल मेटाउनका निम्ति विभिन्न किसिमले विश्लेषण समेत गर्नुहुन्थ्यो । त्यसै क्रममा शिवालयमा बेलपत्र चढाउनु को वैज्ञानिक कारण का बारेमा बुझ्ने मौका पर्यो, पछि पनि धेरै छलफल हरू गरियो।मैले बुझेका पढेका कुराहरू कतिका यथार्थ हुन् त्यो त म भन्न सक्दिन । तर मैले बुझे अनुसार,
    १) बेलपत्र सम्बन्धी धार्मिक मान्यता र वैज्ञानिकताः–

    तीन पात भएको बेलपत्रलाई धार्मिक रूपमा ब्रह्मा, विष्णु र महेश को स्वरूप मानिन्छ भने वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने, तीन पातहरूले मानव शरीरमा रहेका त्रिदोष (बात, पित्त र वायु) को प्रतिनिधित्व गर्दछन् ।
    २) बेलपत्र ले वायुमण्डललाई शुद्धता प्रदान गर्दछः–

    बेलपत्रको पातमा एसेन्सियल नामक, प्राकृतिक तेल पाइन्छ, एसेन्सियल तेलको सुगन्धले बेलको बोट आसपासको वातावरणमा रहेका प्याथोजेनिक (आँखाले देख्न नसक्ने जीवाणुहरू) जस्तै ब्याक्टेरिया र भाईरस लाई नष्ट तथा न्यूनीकरण गर्न सक्ने क्षमता राख्दछ ।
    सनातन धर्मका अनुयायी हाम्रा पुर्खाहरूले शिवालयमा बेलपत्र चढाउँदा शिवालय वरिपरिको वातावरणमा बेलपत्रको प्राकृतिक सुगन्ध का कारणले वातावरणीय शुद्धताको विकास हुन्छ,जसका कारणले शिवालयमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ भन्ने कुरा हजारौं वर्ष अगाडि नै पत्ता लगाइसकेका रहेछन् त्यसैले त विज्ञानलाई धर्मसँग जोड्दै शिवालयमा बेलपत्र चढाउने परम्पराको विकास गरेका रहेछन् ।
    ३)बेलपत्रमा ऊर्जा क्षेत्रलाई सन्तुलित बनाउन सक्ने क्षमता पाइन्छः–

    शिवालयको वरिपरिको वातावरणमा बेलपत्र चढाउँदा विशेष किसिमको “Bio energetic field“ जसलाई नेपालीमा जीव ऊर्जा क्षेत्र भनिन्छ (मानव शरीरको वरिपरि तयार हुने ऊर्जा क्षेत्र) तैयार हुन्छ । त्यस स्थानमा बस्दा वा ध्यान गर्दा मानिसलाई आत्मिक सन्तोष, मानसिक शान्ति र एक प्रकारको आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ । जीव ऊर्जा भएको ठाउँमा बस्दा,

    हाम्रो दिमागले उत्पन्न गर्ने तरङ्गहरु र दिमागले प्राप्त गर्ने तरङ्गहरु (विशेष गरी Alpha waves) सक्रिय बन्दछन्, जसको प्रभावले हामीभित्र रहेको सोच्ने क्षमतामा वृद्धि गर्दछ, स्मरणशक्ति बढाउन र विभिन्न विषय हरूमा हाम्रो ध्यान केन्द्रित गर्न सहयोग पु¥याउँछ ।
    ४) Grounding अथवा पृथ्वीको गुरुत्वाकर्षण ऊर्जा ग्रहण गर्ने प्रकृयाः– 

    साउन सनातन धर्मका अनुसार अत्यन्तै पवित्र महिना मानिन्छ । साउन महिनाको अवधिमा श्रद्धालुहरू खाली खुट्टा शिवालयहरू मा (शिव मन्दिर) जाने, बेलपत्र अर्पण गर्ने र शिवलिंगमा जल चढाउँने परम्परा आदिकाल देखि नै रहेको पाइन्छ ।
    हामी सबैले देखेका छौं, शिवालय हरू, श्री विष्णु का भव्य मन्दिरहरू भन्दा पृथक सधैं माटोको सतहमा वा प्राकृतिक स्थानहरूमा बनाइन्छ, जहाँ खाली खुट्टाले हिँड्दा मानिसको शरीर सिधै पृथ्वीको सतहसँग जोडिन्छ । धार्मिक प्रक्रियालाई अनुसरण गर्दै श्रद्धालु हरू, शिवलिंगमा जल अर्पण गर्छन जसका कारणले शिवालयको आँगनमा अक्सर ओसिलो वा चिसो माटो रहन्छ । जल विद्युतीय चालक  हो, जसले पृथ्वी को ऊर्जा शरीरमा अझ छिटो र प्रभावकारी रूपमा प्रवाह गराउँछ । जब श्रद्धालु शिवालयमा खाली खुट्टा जल युक्त माटोमा हिँड्छन्, त्यतिबेला  ( पृथ्वीको गुरुत्वाकर्षण ऊर्जा) को प्रभाव अधिक गहिरो र शुद्ध बन्न पुग्छ ।
    शिवालय प्रायः शान्त, हरियाली युक्त, र कम प्रदूषण युक्त स्थान हरूमा स्थापित गरिएका हुन्छन् । यस्तो वातावरणमा Grounding (पृथ्वीको गुरुत्वाकर्षण ऊर्जाको मानव शरीरमा पर्ने प्रभाव) अझ बलियो हुन पुग्छ ।
    यस प्रक्रियाले शरीरमा रहेका (मानव शरीरमा बन्न सक्ने एक वा एक भन्दा बढी असन्तुलित अणुहरू), यस्ता अणुहरू मानव शरीरमा धेरै भएको अवस्थामा, बुढ्यौली छिटो हुने, शरीरका अङ्गहरूमा क्यान्सर जन्य दीर्घ रोग लाग्ने हुनसक्छ ।
    साउनको शुद्धता, वर्षा ऋतुको ओसिलो वातावरण, प्राकृतिक ध्वनि (घण्टी, मन्त्र), र जलको प्रवाहले शरीरलाई ‘चभकभत’ गर्ने काम गर्छ । पृथ्वीमा खाली खुट्टा हिँड्दा पृथ्वी बाट प्राप्त हुने गुर्ताकर्षणीय ऊर्जाका कारणले मानव शरीरमा विकास हुने कोर्टिसोल (Stress hormone) को मात्र समेत कम हुन पुग्दछ, फलस्वरूप निद्रामा सुधार, रक्तसञ्चार लाई सन्तुलित बनाउनु का साथै शरीरको सूजन समेत कम गर्न सहयोग पु¥याउँदछ । सबैभन्दा मुख्य कुरा शिवालयमा जल अर्पण गर्ने प्रक्रियाले मानव मस्तिष्कमा शान्ति र एकाग्रताको विकास गर्नमा प्रमुख भूमिका निर्वाह गर्दछ ।
    ५)मानव शरीरको तन्त्रिका प्रणालीमा बेलपत्रको प्रभावः–
    बेलपत्रको सुगन्धले हाम्रो शरीरका नशाहरू को प्रणाली मा सकारात्मक असर पार्दछ । यसको गन्धले Serotonin (खुसी र मानसिक सन्तुलन कायम राख्ने रसायन) र Dopamine (सुखको अनुभूति गराउने र ध्यान केन्द्रित गराउने रसायन) जस्ता Neurotransmitters (यस्ता रसायनहरु जसले तन्त्रिका हरु बीचमा सन्देश आदानप्रदानमा सहयोग पु¥याउँछन्) लाई सक्रिय बनाउँछ, जसले तनाव घटाउने, मन शान्त पार्ने, र ध्यान केन्द्रित गर्न मद्दत पु¥याउँछन् । शिवालयमा बेलपत्रको सुगन्ध रहँदा पूजाको बेलामा ध्यान लगाउन सजिलो हुन्छ ।
    ६) त्रि को संगम र वैज्ञानिकतामा आधारित बहसः–
    हिन्दू संस्कृति र परम्परामा बेलपत्र लाई अत्यन्त पवित्र मानिन्छ। विशेषतः भगवान शिवको आराधनामा यसको प्रयोग अनिवार्य जस्तै छ । सायद अरू कुनै पनि पातले यति धेरै धार्मिक, आध्यात्मिक, र वैज्ञानिक महत्व बोकेका छैनन् जति बेलपत्रले बोकेको छ। यसको विशिष्ट रचना र एउटै डाँठ मा भएका तीन पात, केवल सौन्दर्य वा वनस्पतिक विशेषता मात्र नभएर गहिरो धार्मिक प्रतीक र वैज्ञानिक उपादेयता समेटिएको अद्भुत प्राकृतिक देन हो ।
    आजको वैज्ञानिक युग,जहाँ आज पनि हामी मानव शरीर, मानव मानसिकता र मानव शरीर माथि पर्ने वातावरणीय प्रभावहरूलाई बुझ्ने प्रयास गर्दैछौं, हाम्रा पुर्खाहरूले बेल जस्तो सरल, सहनशील बिरुवा को पात मार्फत हामीलाई सन्तुलित जीवन र सरल चिन्तन को बाटो देखाउने प्रयास गरेको अनुभूति हुन्छ । . बेलपत्रको तीनवटा पातले हिन्दू धर्मको गहिरो त्रैगुणिक चिन्तन, देवतात्मक एकता र समयबोधको प्रतिनिधित्व गर्छ ।
    तीन पातहरूले क्रमशः ब्रह्मा (सृष्टिकर्ता), विष्णु (पालक), र महेश्वर (संहारक) को स्वरूपलाई जनाउँछन् । शिवलाई अर्पण गर्दा यो त्रिदेवको समर्पण स्वरूप मानिन्छ।बेलपत्रले प्रकृतिका तीन गुणहरू सत्त्व (शुद्धता), रज (क्रियाशीलता) र तम (अज्ञानता) को सन्तुलन दर्शाउँछ । भगवान शिवलाई त्रिगुणातीत मानिन्छ, जसले यी सबैलाई नियन्त्रणमा राख्न सक्ने शक्ति राख्छन्।बेलपत्रका तीन पातहरू भगवान शिवका त्रिनेत्र हरु का प्रतीक हुन्, जसले भूत, भविष्य, र वर्तमान हेर्न सक्छन् । यस्तै किसिमले बेलपत्रले त्रिशूलको पनि रूप प्रस्तुत गर्छ,जसले अनर्थ, अज्ञान, र अहंकारको विनाश गर्छ ।
    बेलपत्रका तीन पातहरू भूतकाल, वर्तमान, र भविष्य का संकेत हुन् । शिव ‘महाकाल’ हुन्, शिव जो ॐ बाट सुरु हुन्छन् र ॐ मै बिलिन हुन्छन्, उनको अस्तित्व समयभन्दा पर छ । बेलपत्र अर्पण गरेर हामी समयको वशमा नरहन र आत्मज्ञान प्राप्तिका निम्ति शिव सँग प्रार्थना गर्छौं ।
    वैज्ञानिक दृष्टिले त्रिदोष सन्तुलन जसलाई मानव शरीरमा रहेको (बात, पित्त र वायु) को प्रतीक मानिन्छ । यसले शरीरमा तौल, तातोपना, र चञ्चलता सन्तुलनमा राख्न सहयोग पु¥याउँछ । राम्ररी बुझ्ने हो भने यदि शरीरमा त्रिदोष सन्तुलनमा रहेको खण्डमा मानिसको शरीरमा रहेको रगत न्युट्रल रहन्छ (एज खबगिभ लयचmब िबनाउँछ र रगतमा एसिडिक पना हट्छ) यस्तो अवस्थामा रोग लाग्दैन । त्यसैले बेलपत्रको अर्पण गर्नाले केवल आध्यात्मिक शुद्धि मात्र प्राप्त हुने होइन् । हाम्रो शरीर जसमा शिव वास गर्दछन्, त्यस शरीरको उपचार पनि हुने गर्दछ ।
    बेलपत्रका तीन पातहरू केवल धार्मिक रूपक नभई, वनस्पति विज्ञान अनुसार अत्यन्तै उपयोगी जैविक संरचना हुन् । यी पातहरूले ऊर्जा, पाचक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छन् ।
    प्राकृतिक वातावरणमा टिक्न, ऊर्जा उत्पादन गर्न, र पानी जोगाउन तचषयष्बितभ पात संरचना एक प्राकृतिक बुद्धिमत्ता (दष्ययिनष्अब िष्लतभििष्नभलअभ) हो ।
    बेलपत्र केवल एक वनस्पति होइन, यो एक जीवित दर्शन हो, जसले धर्म र विज्ञान, शरीर र आत्मा, प्रकृति र चेतना बीचको गहिरो सम्बन्ध देखाउँछ । त्यसैले जब हामी साउन महिनामा बेलपत्र शिवलिंगमा अर्पण गर्छौं, त्यो केवल परम्परा होइन, एक सम्पूर्ण जीवनको चेतनात्मक अर्पण हो ।
    ७) बेलपत्र मा पाइने तत्वहरूले मानव शरीरमा पार्न सक्ने प्रभावः–
    एजथतयअजझष्अबकि (वनस्पतिहरूमा पाइने रसायन), ब्पिबयिष्मक(दुखाई कम गर्ने र स्फूर्ति दिने), त्बललष्लक (जीवाणु नाश गर्ने, पाचनमा सुधार गर्ने र मुख सुकाउने) ँबिखयलयष्मक (एन्टीअक्सिडेन्ट र रोग प्रतिरोधक) ले शरीरमा ब्लतष्–ष्लाबिmmबतयचथ (शरीरमा सुन्निएका अङ्गहरूलाई घटाउने), ब्लतष्यहष्मबलत (कोशिका हरूलाई सुरक्षा प्रदान गर्ने) र ज्थउयनथिअझष्अ (रगतमा भएको चिनीको मात्रा घटाउने) किसिमको प्रभाव दिन्छन् । यसले पेटको समस्या, मधुमेह, र रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
    हामीले बेलपत्र केवल पूजामा प्रयोग हुने साधन मात्र भनेर बुझ्यौँ भने त्यो अधुरो ज्ञान हुनेछ। बेलपत्र त एक प्राकृतिक औषधि हो । बेलपत्र ले हाम्रो आसपासको हावालाई शुद्धता प्रदान गर्दछ, हाम्रो आसपासको ऊर्जा ऊर्जा क्षेत्रलाई सकारात्मकता प्रदान गर्दै, हामीलाई आध्यात्मिक यात्रामा अघि बढ्न थप सहयोग प्रदान गर्दछ ।
    यसैले दिगम्बर महाप्रभु शिवलाई बेलपत्र चढाउनु केवल धार्मिक कर्तव्य मात्र नभएर, सनातन धर्म भित्र लुकेको वैज्ञानिकता समेत हो । हाम्रा पुर्खाहरू ले यस्ता अभ्यासहरू लाई गहिरो श्रद्धा र नियम का साथ किन पालना गरेका रहेछन् भन्ने कुरा हामी हरुले त्यस दिन मात्र बुझ्न सक्छौ जब हामीले हाम्रो परम्पराहरुलाई वैज्ञानिकता सँग जोड्ने जमर्को गर्नेछौं ।

    (लेखम शर्मा ६ नं. वडा कार्यालय गुलरिया नगरपालिकाका वडा अध्यक्ष हुन् ।)

    Post Views: 250
    प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०९:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    किशोरी सुरक्षा सवाल
    विगततर्फ फर्केर हेर्दा
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.