• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा लगानी बढाऔ

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १९, सोमबार १५:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठूलो र गम्भीर रोगको उपचारका लागि बर्दियाका नागरिकहरुले जिल्लाभित्र नै गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण अझै बन्न सकेको छैन । नेपाल सरकारले हरेक पालिकामा एउटा अस्पताल बनाउने नीति लिएको छ । ती अस्पतालहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र आवश्यक औषधि तथा उपकरणको व्यवस्थापन लगायतका विषयमा राज्यले प्रशस्त लगानी गर्नु पर्ने हुन्छ । तर त्यतातिर राज्यले स्रोत जुटाउन सकिरहेको छैन । बर्दियामा राज्यले लगानी गरेर आधारभूत रूपमा पूर्वाधार विकास भएको, जनशक्तिको दरबन्दी समेत सुनिश्चितता भएको बर्दिया जिल्ला अस्पताल रहेको छ । जिल्लाको सरदारमुकाम गुलरियामा रहेको यो यो अस्पताल जिल्लाभरिका नागरिकहरुका लागि पायक पर्ने ठाउँमा रहेको छ । पूर्वाधार निर्माणका लागि यथेष्ट जमिन पनि यससँग उपलब्ध छ । लुम्बिनी प्रदेश भरिको उत्कृष्ट अस्पतालका रूपमा यसले आफ्नो नाम पनि स्थापित गरेको छ । चुस्त व्यवस्थापनका लागि प्रतिनिधि मुलुक अस्पताल विकास समितिले काम गरिएको छ । एक प्रकारले बर्दिया जिल्ला अस्पताल बर्दियाका नागरिकका लागि भरपर्दो स्वास्थ्य सेवा प्रवाह गराउने संस्थाको रूपमा स्थापित छ । यस अस्पतालमा स्वास्थ्य गुणस्तर बढाउन लगानी गर्न सकेको खण्डमा बर्दियाका नागरिकका लागि महत्त्वपूर्ण काम हुनेछ । बर्दियामा पालिकाहरु, प्रदेश तथा सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, अन्य सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले बर्दियामा गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच अभिवृद्धि गर्न बर्दिया जिल्ला अस्पतालको स्तरोन्नति गर्नतिर गृहकार्य गर्न थाल्नु पर्छ । चमत्कार युक्त भाषण, गुलिया र सस्ता नाराभन्दा देखिने ठोस काम गर्न सकेमा जनता लाभान्वित हुन सक्छन् । स्वास्थ सेवा जनताको पहिलो र महत्त्वपूर्ण आवश्यकता हो । बर्दियामा सर्वसुलभ र गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउन सबै पक्षबाट बर्दिया अस्पताललाई स्रोत, साधन र जनशक्तिले बलियो बनाउन आवश्यक लगानी बढाउन पहल थालौ ।

    Post Views: 246
    प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १५:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.