• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका २९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ श्रावण १९, सोमबार १५:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले बर्दिया जिल्लाका २९ जना महिला तथा पुरुषहरुलाई विभिन्न सहायक सामग्री निशुल्क वितरण गरिएको छ ।


    शनिवार बढैयाताल गाउँपालिका वडा नं.८ पशुपतिवजारमा सामग्री वितरण कार्यक्रमको प्रमुख अतिथी रहेका लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सहायक सामग्री वितरण गर्दै यो सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले जनगणना २०७८ को तथ्याङ्क उल्लेख गर्दै “बर्दियामा १४ हजार ८ सय १७ जना अपाङ्गता भएका व्यक्ति रहेको र तीमध्ये ६० प्रतिशत शारीरिक अपाङ्गता भएका छन् र उनीहरू अझै पनि आवश्यक सहायक सामग्रीको अभावमा कठिन जीवन बिताउन बाध्य छन् ।” ति सबैमा सहायता सामग्री पु¥याउन सकियो भने अपाङ्गता भएको मानिसलाई सहयोग पुग्ने बताए ।

    सामाजिक बिकास डिभिजन कार्यालय, नेपालगञ्ज बाँकेको आर्थिक सहयोगमा अपाङ्ग सशक्तिकरण तथा सञ्चार केन्द्र (डेक नेपाल) को आयो– जनामा र बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा सम्पन्न भएको हो । डेक नेपालका अनुसार वितरण गरिएका सामग्रीबाट गेरुवा, राजापुर, मधुवन, गुलरिया र बढैयाताल क्षेत्रका १६ जना शारीरिक अपाङ्गता भएका र १३ जना दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएका छन् ।

    सहायता सामग्रीमा ल्यापटप ३ जनालाई (शैक्षिक सहायताको लागि), ह्वीलचेयर ४ जनालाई, ट्राइसाइकल ५ जनालाई, सेतो छडी १० जनालाई, वाकर ४ जनालाई, बैसाखी २ जनालाई र ट्वाइलेट चेयर १ जनालाई वितरण गरिएको छ ।

    कार्यक्रमका विशिष्ट अतिथि सामाजिक डिभिजन कार्यालय, बाँकेका प्रमुख उद्धव श्रेष्ठले वितरण गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरूका लागि अत्यन्तै आवश्यक रहेको भन्दै सामग्रीहरूको उचित प्रयोग गर्न आग्रह गरे ।

    डेक नेपालका प्रतिनिधि टेकराज जैसीले कार्यक्रमको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पारेका थिए भने, कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं. ९ का अध्यक्ष वीरबहादुर थारू, वडा नं. ७ का अध्यक्ष राधेश्याम थारू, वडा नं. ८ का वडा सदस्यहरू, जनप्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावक, सञ्चारकर्मी लगायत स्थानियहरुको सक्रिय सहभागिता रहेको थियो ।

    Post Views: 262
    प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १५:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.