• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानव बेचबिखन बिरुद्ध किशोरीलाई अभिमुखीकरण

  •  मुरली गोडिया
  • २०८२ श्रावण १६, शुक्रबार ०७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माइती नेपाल बर्दियाले गुलरिया का किशोरीहरुलाई मानव बेचबिखन ओसारपसार बिरुद्ध जोखिम न्युनिकरणका गर्ने उद्धेश्यले अभिमुखिकरण गराएको छ । माइती नेपालको आयोजना र फ्रिअगर्लको सहयोगमा मानब बेचबिखन बिरुद्ध जोखिम न्युनिकरणका लागी नगरका किशोरीहरुलाई अभिमुखीकरण गराइएको हो ।


    समुदायमा घट्न सक्ने मानब बेचबिखन तथा ओसारपसार, यौन शोषण, श्रम शोषण लगायतका हिंसामा महिला, बालबालिका किशोरीहरु नपरुन भन्ने उद्धेश्यले कार्यक्रम गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जानकारी दिईन् । किशोरीहरुले कुनैपनि सुचना प्राप्त गर्ने वित्तिकै समुदायमा सचेतना फैलाउन सहज हुने साथै गाउँ घर र समुदाय स्तरमा छिटै सन्देश पुग्ने भएको हुँदा किशोरीहरुलाई लक्षित गरि अभिमुखिकरण गरिएको रिमालको भनाई छ ।

    बर्दिया जिल्लामा मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनमा पर्नुका मुख्य कारणहरु, दलालले अपनाउने तौरतरिका, संम्भावित स्थानहरु, प्रयोजन, जोखिम न्युनिकरण गर्ने उपाय सहित कानुनि ब्यबस्थाका बारेमा समेत सहजीकरण गरिएको रिमालले प्रष्ट्याइन् । गुलरिया नगरपालिका वडा नम्बर ३ की किशोरी मोनिका कुछबधियाले माइती नेपालले मार्फत सिकेका विषयबस्तु बारे गाउँमा गइ अन्य साथीभाई छरछिमेक समेतलाई बताउने र सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरिन । आफु सचेत रहनुको साथै समाज मा समेत सचेत गराउँछु ।

    गुलरीया नगरपालिका वडा नं १ की किशोरी निलम बिकले मानव बेचविखन तथा ओसारपसारको जोखिम न्युनिकरण सहित सचेतनाका कार्यक्रममाहरु बिधालय देखि समुदाय स्तर सम्म संचालन गर्नुपर्ने सुझाव दिनुभयो । अर्की किशोरी गुलरीया ७ की सायना खत्री नगालले गाउँ समाजमा घटेका घट्नाहरुको बारेमा तुरुन्त सम्बन्धित निकाय र माइती नेपाललाई खबर गर्ने प्रतिवद्धता जनाउनु भयो । अभिमुखिकरणमा गुलरीया नगरपालिकाका १२ वटै वडाबाट किशोरीहरु सहभागी थिए । उक्त अभिमुखिकरण कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतम, वडा नम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, महिला तथा बालबालिका शाखाकी गिता बाकाबलको उपस्थिती थियो ।

    Post Views: 438
    प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार ०७:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.