• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिका द्वारा घर–घरमै पुगेर सुरक्षा भत्ता नवीकरण

  •  दीपकलाल श्रेष्ठ
  • २०८२ श्रावण १६, शुक्रबार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको ठाकुरबाबा नगरपालिकाले नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु वडा कार्यालयमा पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए ।

    भदौ मसान्त सम्म सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरुले आफ्नो विवरण सहित सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नुपर्ने भन्दैे, पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको सहजताका लागि वडामा बाहेक पायक पर्ने टोलका विभिन्न स्थानहरु सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि वडाबाट प्रतिनिधि खटिएको समेत नगरप्रमुख लम्सालले जानकारी दिए ।

    ठाकुरबाबा नगरपालिकाको टोल–टोलमा नवीकरणका लागि पुगेको टोली सम्म उपस्थित हुन नसक्ने जेष्ठ नागरिक, अशक्त र असाहयहरुको लागि घरमै पुगेरनवीकरणको लागि सहजिकरण गरिएको समेत उनले भने । सामाजिक सुरक्षा भत्ता नवीकरणमा कोहि पनि छुट्न नहुने भन्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि धेरै कदमहरु चाल्दै आएको लम्सालले बताए । पालिक र वडा कार्यालयले टोल र घरमै आएर सामाजिक सुरक्षाभत्ताका लागि सहजीकरण गरिदिए पछि स्थानीय लाई निकै सहज भएको ठाकुर–बाबा नगरपालिका बडा नं २ रानीपुरका कुमार खड्काले बताए ।

    ठाकुरबाबा नगरपालिकाको ९ वटै बडाका ४४ सय १२ जना सामाजिक सुरक्षा भत्ता नविकरण गर्नु पर्नेमा रहेको छ । जस मध्य ठाकुरबाबा नगरपालिका बडा नं १ मा ४ सय ९० जना, बडा नं दुई मा ६ सय ९३ जना, बडा नं तीनमा ६ सय ४६ जना, बडा नं चारमा ५ सय ७ जना, बडा नं पाँचमा ४ सय ७२ जना, बडा नं छ मा ४ सय ३६ जना, बडा नं सातमा ३ सय २७ जना, बडा नं आठमा ३ सय ८४ जना र बडा नं नौ मा ४ सय ५७ जना रहेको मध्य साउन १५ गते सम्म २ हजार ४४ जनाको करिब ४६.३३ प्रतिशत सामाजिक सुरक्षा भत्ता नविकरण गरिसकिएको ठाकुरबाबा नगरपालिकाको कार्यालयका पुष्कर न्यौपानेले जानकारी दिए ।

    Post Views: 704
    प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार ०७:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.