• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निःशुल्क धुवाँरहित चुलो पाउँदा खुसी छन् विपन्न परिवार

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ श्रावण १५, बिहीबार ०७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल गाउँपालिका वडा नम्बर ६ मा रहेका अति विपन्न परिवारहरूले निःशुल्क धुवाँरहित चुलो पाएका छन् । श्रीमा ग्रुप लिमिटेड भारतको सहयोगमा, ६ नं. वडा कार्यालय बढैयाताल गाँउ पालिकाको समन्वयमा बुधवार आयोजित कार्यक्रममा ५० परिवार लाई सुधारिएको चुलो वितरण गर्दा विपन्न परिवारका सदस्यहरु को अनुहारमा खुसी देखियो ।
    पहिलो चरणमा श्रीमा ग्रुपले उपलब्ध गराएको ५० थान चुलो वडाभित्रका अति विपन्न परिवार हरूमध्ये छानिएर वितरण गरिएको वडा अध्यक्ष शुक्रराज सापकोटाले जानकारी दिए ।


    कार्यक्रममा श्रीमा ग्रुप लिमिटेडका प्रतिनिधि अजय कुमारले बाँके जिल्लामा पनि यसअघि यस्ता चुलो वितरण गरिएको र अब बर्दिया जिल्लामा वितरणको सुरुवात बढैयातालबाट गरिएको जानकारी दिए । उनले भने, “धुवाँरहित चुलोले खाना पकाउँदा कम दाउरा लाग्ने, धुवाँ नआउने भएकाले स्वास्थ्य र वातावरण दुवैमा सकारात्मक असर पु¥याउँछ । यदि स्थानीय सरकारसँग समन्वय रह्यो भने आगामी दिनमा हरेक घरघरमा चुलो पु¥याउने हाम्रो प्रतिबद्धता छ ।“

    कार्यक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत अर्जुन थारुले श्रीमा ग्रुपलाई धन्यवाद दिँदै वातावरण संरक्षण र मानव स्वास्थ्यमा योगदान पु¥याएको भन्दै प्रशंसा व्यक्त गरे ।

    उक्त वितरण कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत नारायण राज त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द त्रिपाठी, वडा सचिव शिव शर्मा, प्रतिनिधि दाताहरू अजय कुमार र सन्तोष पाण्डे, सञ्चारकर्मीहरू तथा लाभान्वित परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    Post Views: 410
    प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार ०७:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.