गुराँस बहुमुखी क्याम्पसको ने.वि संघको प्रयासमा द्य।भ्म। र द्यद्यक् प्रथम वर्षका विद्यार्थीहरू का लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।


मधुवन नगरपालिकाको सहयोगमा परीक्षा अवधिमा विद्यार्थीहरूलाई समयमै क्याम्पस आइपुग्न र सुरक्षित यात्राको सुनिश्चितताका लागि यो सेवा माग गरिएको गुराँस बहुमुखी क्याम्पसक ने.वि संघका सदस्य सिलास वि.कले बताए ।
यस सेवा मार्फत विद्यार्थीहरू लाई यातायातको सहज पहुँच सुनिश्चित हुने र समय व्यवस्थापनमा समेत सहजता आउने विश्वास गरिएको छ ।
क्याम्पसका विद्यार्थीहरूले नगरपालिकाको यस सहयोगलाई अत्यन्त सकारात्मक रूपमा लिएका छन् । “विशेषगरी ने.वि संघको प्रयासमा मधुबन नगरपालिका नगर प्रमुख र उपप्रमुखले विद्यार्थीको मर्का बुझि निःशुल्क बस सेवा सञ्चालन गरिदिएकोमा धन्यवाद छ ।” विद्यार्थी चेतन डाँगीले बताए ।
क्याम्पस प्रशासनले विद्यार्थी हरूलाई उपलब्ध गराइएको यस सेवाको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।




