गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाले नागपञ्चमी तथा थारु समुदायको गुरिया पर्वको अवसरमा मंगलबार (साउन १३ गते) १ दिनको सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाले साउन १२ गते एक सूचना जारि गर्दै गाँउ/नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण निकायहरूमा विदा हुने जानकारी गराएको हो ।
यस सूचना मार्फत थारु समुदायको संस्कृति तथा हिन्दू परम्पराको संरक्षण र सम्मान गर्दै विदा दिने व्यवस्था मिलाएको स्थानिय पालिकाले जानकारी गराएको छ ।




