जिल्ला प्रहरी कार्यालय बर्दियाको सक्रियता तथा मातहत प्रहरी इकाइहरुद्वारा छ्ट्टाछुट्टै स्थान बाट ब्राउन सुगर लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।


साउन १० गते(शनिबार) साँझ ७ बजे, बढैयाताल गाउँपालिका वडा नं. ७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले शंका लागि जाँच गर्दा साइकलमा लुकाई छिपाई राखिएको १ ग्राम १० मिलिग्राम तौलको ब्राउन सुगर लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।
त्यसै अर्काे घटनामा शनिबार बेलुकी ७ः५० बजे, मधुबन नगरपालिका वडा नं. ८ कुसुम्बा बजारमा हिँडिरहेका ३६ वर्षीय कबिराम सुनारलाई प्रहरीले शंका लागि चेकजाँच गर्दा ३० मिलिग्राम ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरी नायब उपरीक्षक डमरपालले बताए ।
दुवै जनालाई जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिइ अनुसन्धान जारी रहेको डमरपालले भने ।




