• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल शिक्षक संघ स्थानीय तहका नेतृत्वहरूलाई एआई तालिम

  •  यज्ञ नेपाल
  • २०८२ श्रावण १२, सोमबार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजनामा दाङको भालुवाङमा स्थानीय तहका शिक्षक संघ नेतृत्वहरूलाई लक्षित गरी दुईदिने नेतृत्व क्षमता विकास तथा एआई प्रयोगसम्बन्धी तालिम सम्पन्न भएको छ ।


    शिक्षकहरूको पेशागत विकास र कक्षा कोठामा शिक्षण सिकाइको प्रभावकारिता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा नेतृत्व विकास, सहकारी तथा लेखा व्यवस्थापन, संगठनात्मक विकास तथा शिक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग सम्बन्धी विषय मा प्रशिक्षण प्रदान गरिएको थियो।

    प्रशिक्षणमा संघीय सदस्य अर्जुनप्रसाद तिवारी, प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, महासचिव यज्ञ नेपाल, अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषि न्यौपाने, सदस्य कुमारप्रसाद सापकोटा, कुलराज पौडेल तथा नवयुग पेशागत शिक्षक सहकारी अध्यक्ष गोविन्द पोखरेल लगायत ले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्व जिल्लाका शिक्षक संघका अध्यक्ष, प्रतिनिधि, प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ जनाको सहभागिता रहेको थियो ।

    प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना ले शिक्षालाई उच्च प्राथमिकतामा राखेर सरकारले कार्य गरिरहेको उल्लेख गर्दै, यस्तो तालिमले शिक्षक को पेशागत दक्षता अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा प्रदेश उपाध्यक्ष बिरेन्द्र यादव, संघीय सदस्य पवनकुमार यादव, लेखा समितिका संयोजक कुलप्रसाद लामिछाने, प्यूठान अध्यक्ष जानका केसी, रोल्पा अध्यक्ष हुमलाल बिष्ट, महासंघ दाङ अध्यक्ष युवराज बसन्त, राप्ती गापा अध्यक्ष मंगलराम चौधरी लगायतले तालिमको महत्वमाथि धारणा राखेका थिए ।

    नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशले सञ्चालन गरेको “हाम्रो विद्यालय, हाम्रो पहिचान” अभियानअन्तर्गत २०८१ को एसईई परीक्षामा १८ जना विद्यार्थीलाई ४ जीपीए दिलाउने श्री शान्ति नमूना मावि, तिलोत्तमा रुपन्देहीका प्रधानाध्यापक कुलप्रसाद लामिछानेसहित सम्पूर्ण प्रशिक्षक र प्रशिक्षार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

    कार्यक्रमको सञ्चालन महासचिव अर्थ सृजना पण्डितले गर्नुभएको थियो। महासचिव नेपालका अनुसार अब निकट भविष्यमै उपाध्यक्ष, सचिव र लेखा संयोजकहरूको प्रशिक्षण सञ्चालन गरिनेछ।

    Post Views: 237
    प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार ०८:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.