• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल फार्मेसी संघ बाँकेमा नयाँ नेतृत्व चयन, अभिनाष गुप्ता अध्यक्ष

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ११, आईतवार १४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्जः नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेको नयाँ नेतृत्व चयन भएको छ । नेपालगन्जमा शनिवार आयोजना गरिएको तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले अभिनाष गुप्ताको अध्यक्षतामा २३ सदस्सीय नेपाल फार्मेसी संघको जिल्ला कार्यसमिति चयन गरेको हो । गुप्ता दुई वर्षीय कार्यकालका लागि चयन भएका हुन् ।

    संघको उपाध्यक्षमा नियाज अलि इद्रिसी, मोहनजंग डागर र प्रमिला थापा मगर चयन भएका छन् । त्यसैगरी महासचिवमा लेखनाथ शर्मा, सचिवमा दिनेश नेपाली र बादल बाबु शर्मा, कोषाध्यक्षमा सन्तोष गौतम र सह–कोषाध्यक्षमा विकास गुप्ता लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

    यसअघि उद्घाटन सत्र संघका अध्यक्ष सुरेन्द्रकुमार डफगरको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यता तथा औंषधि व्यवस्था विभागका शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठको विशिष्ठि आतिथ्यतामा भएको नवनिर्वाचित सचिव दिनेश नेपालीले जानकारी दिए ।

    संघका अध्यक्ष भुसालले फर्मासिस्टहरुलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । उनले फार्मेसी व्यवसायको उन्नति र विकासमा फर्मासिस्टहरुको भूमिकालाई राज्यले नजरअन्दाज गर्न नहुने उल्लेख गरे ।

    यस्तै औंषधि व्यवस्था विभागका शाखा कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले औषधि व्यवसायीहरुले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे समस्या नहुने बताइन् । उनले औषधि व्यवसायीहरुलाई नीति नियममा चलेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइन् ।

    कार्यक्रममा नेपाल फार्मेसी संघका लुम्विनी प्रदेश अध्यक्ष खेमराज तिवारी, महासचिव उदय खत्री, संघका पूर्व केन्द्रीय सदस्य दिनेश विष्ट लगायतको उपस्थिति रहेको थियो ।

     

     

     

    साभार/स्वास्थ्यपेज

    Post Views: 245
    प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १४:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.