• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वृक्षारोपण र वन व्यवस्थापनसम्बन्धी अभिमुखिकरण सम्पन्न

  •  संजय आचार्य
  • २०८२ श्रावण ५, सोमबार १७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    थारू महिला उत्थान केन्द्रको आयोजनामा बर्दियाको गुलरिया नगरपालिका–४बगहीान वृक्षारोपण तथा वन व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। “नवकरणीय ऊर्जा र दिगो कृषि अभ्यास” परियोजना अन्तर्गत सञ्चालित उक्त कार्यक्रम फिमी इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।

    कार्यक्रममा प्रगति सामुदायिक सुरक्षा समूह र उन्नति सामुदायिक सुरक्षा समूहका करिब ५० जना सहभागी थिए । अभिमुखिकरणका प्रशिक्षकका रूपमा गुत्तेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चल्टु राम थारू र सहजीकरणमा मोनीका थारूले सहजीकरण गरेकी थिइन् । करीब २५० जनालाई अभिमुखिकरण दिने लक्ष्य अनुरूप आज २ समूहका ५० जना सहभागीलाई जानकारी गराइएको छ ।

    अभिमुखिकरणमा जलवायु परिवर्तनका असर, वन संरक्षण, वृक्षारोपणको महत्व, कृषिमा देखिएको समस्या र समाधानका उपाय, जैविक मल तथा किटनाशकको प्रयोगबारे सहभागीलाई जानकारी दिइएको थियो ।

    सहजकर्ता मोनीका थारूले भनिन्, “जलवायु परिवर्तनले अहिलेका प्रमुख समस्याहरू जस्तै अनियमित वर्षा, बाढी, खडेरी र कृषिमा आएको उत्पादन गिरावटका कारण स्थानीय जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । यस्ता समस्याको दीर्घकालीन समाधान भनेकै सामुदायिक वन व्यवस्थापन र वृक्षारोपण हो ।” उनले थपिन्, “हामीले जैविक मल तथा सस्तो जैविक किटनाशकको प्रयोगलाई बढावा दिनुपर्छ, जसले कृषिमा टिकाउपन ल्याउँछ र स्वास्थ्यमा पनि असर पर्दैन ।”

    थारुले भनीन वृक्षारोपणबाट जीवनको दिगोपन र दृष्टिकोणको बारेमा पनि जानकारी गराउनु थियो । सहभागीहरूबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं कि उनीहरूले रूखहरू काटिरहेका छन् तर उनीहरू वृक्षारोपण र यसको फाइदाको भागको बारेमा अनभिज्ञ थिए । अब उनीहरू वृक्षारोपण र दिगो अभ्यासहरूको बारेमा बढी सचेत हुनेछन् ।

    कार्यक्रममा सहभागी महिला हरूले समेत आफ्नो अनुभव सुनाएका थिए । गुलरिया नगरपालिका–४ बगहीकी माया थारूले भनिन्, “यस्ता अभिमुखिकरण तालिमले हामीलाई सकारात्मक सन्देश दिएको छ । रुखविरुवाको महत्व बुझेका छौं । जंगल विना–शले निम्त्याएको समस्याबारे जानकारी पाएका छौं ।”

    त्यस्तै प्रगति सामुदायिक सुरक्षा समूहकी जित कुमारी चौधरीले भनिन्, “हामीले वृक्षारोपणबाट हुने फाइदा, विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर, जैविक मल र जैविक किटनाशकका लाभबारे विस्तृत जानकारी पाएका छौं । अबदेखि हामीले सिकेको व्यवहारमा उतार्नेछौं ।”

    प्रशिक्षक चल्टु राम थारूका अनुसार वृक्षारोपण र वन व्यवस्थापनको ज्ञान स्थानीय समुदायमा पु¥याउनु आजको आवश्यकता हो । जलवायु संकटसँग जुझ्न वृक्षारोपण, सामूहिक वन संरक्षण र वातावरणीय सचेतना अत्यावश्यक रहेको उनले बताए ।

    अभिमुखिकरणको समापनमा सहभागीहरूले गाउँमै वृक्षारोपण गर्ने प्रतिबद्धता जनाएका थिए । थारू महिला उत्थान केन्द्रले जिल्लाका अन्य पालिकामा यसै प्रकारका कार्यक्रमहरू क्रमशः सञ्चालन गर्दै आएको छ ।

    Post Views: 225
    प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १७:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.