ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा बर्दिया जिल्लामा कला संस्कृति र साहित्यमा अतुलनिय योगदान गरेको भन्दै “ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान सम्मानपत्र” बबई बहुमुखी क्याम्पस गुलयिाका प्राध्यापक राजेन्द्रप्रसाद धिताल लाइ सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान गरेका भनि अन्य सात जनालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान द्धारा प्रकाशित ठाकुरबाबा “प्रज्ञांशु” अंक २ र “बर्ही” पुस्तकको विमोचन समेत गरिएको थियो ।